राष्ट्रिय गीत
-दिलिप योन्जन /अस्टिन (अमेरिका)
देशको तापले पग्लियो हिमाल, हामी झै रोएर
सकिन्न कहिले युद्धको पिडा, आँशुले धोएर
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली ।
आमालाई रुवाई यो भुमी रंगाई नगरौ है हत्या
आफ्नो देश आफै सल्काई नदेखाउ बिरता
मतभेद त्यागी बैरिभाव छोडी बनाउ है नेपाल
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली।
बिरता देखाई नहँसाउ शत्रु दाजु-भाई लडेर
हिमाल झै अग्लो अटल बिश्वास मेटिन्न मेटेर
चम्किलो सूर्य हातले कहिले छेकिन्न छेकेर
मार्नु र मर्नुले बन्दैन देश, बुझ है नेपाली
मार्नु र मर्नु त्यागेर भनौ, हामी हौ नेपाली ।