मन्त्री परिषदले चोख्यायो धमलालाई

rishi-dhamala-being-arrested.jpgआतंककारी गतिविधीमा सलग्न भएर हातहतियार खरिदबिक्री मा समेत आरोप लागेका पत्रकार ऋषी धमलाको मुद्दा सरकारले खारेज गरेको छ हामी रणबीर सेनाका मान्छे हौँ भन्दै ठाउ ठाउमा बिष्फोट गराउने, रकम असुल गर्ने गरेको आरोप पनि लागेको थियो त्यहि आरोपमा उनलाई प्रहरीले करिब आठ महिना अगाडी पक्रेर हिरासतमा राखेको थियो  उनीसंगै पक्राउ परेका थिए राम शुभक महतो र विरेन्द्र के एम यी तिनै जना फिर्ती रकम उठाउने, बम बिष्फोट गराउने काममा सलग्न भएको आरोप थियो उनीहरुको फोन वार्ताबाट पनि स्पष्ठै देखिन्थ्यो कि उनीहरु अपराधिक काममा सलग्न थिए तर आजको मन्त्री परिषदको बैठकले उनीहरु तिनै जनाको मुद्दा फिर्ता लिएर चोख्याउने काम गरेको छ  घटनालाई राम्ररी जाचबुझ गर्ने, सत्य तथ्य पत्ता लगाउने भन्दा आतककारी गतिबिधी लाई बढावा दिने निर्णय आजको मन्त्री परिषद बैठकले गरेको छ  अपराधिक गतिविधीको मानसिकतालाई उत्साहित गर्ने काम गरेको छ  नेपाली कांग्रेस र एमालेका नेता सागको उनको निकटताको कारणले गर्दा राजनीतिका शक्तिको दुरुपयोग गरेर अपराधीहरुलाई चोख्याउने काम यो सरकारले गरेको हो उनको मुद्दा फिर्ता लिएर सरकारले धमलालाई प्रधानमन्त्री संगै अमेरिका पठाउने निर्णय गरेर अपराधीलाई झन पुरस्कार दिएको छ यो घटनाबाट उत्साहित धमला आजै दरबारमार्ग स्थित जोन प्लेयर्स भन्ने महँगो  पसलमा गै तिन वटा सर्ट खरिद गरेको स्रोतले बताएको छ

 -बिस्त्रित जान्न तलका खबर हेर्नुस-

पत्रकार ऋषी धमला प्रहरी फन्दामा

कोको तानिने हुन् धमला संगै

धमलालाई फसाईयो भन्दै आगो भए कोइराला

पक्राउ नपर्दै बच्न धमलाको कत्रो रैछ दौडधुप

धमलालाई हिरासतमा राख्नु कानुन सम्मत -सर्वोच्च

तपाइँको प्रतिक्रिया