गजल
-नेपोलियन मरहट्टा
न त कुनै प्रगतिको पाईला चाल्यो माकुनेले
सरकारको सय दिन ब्यर्थै फाल्यो माकुनेले ।
बैसाखीको कुर्ची माथी काठको खुट्टा जोगाउन
सत्ता भरी भ्रस्टचारी कुकुर पाल्यो माकुनेले ।
पर्खेका’थे भोको पेट गणतान्त्रिक भोजन् खान
न त चिसो चुल्हो भित्र आगो बाल्यो माकुनेले ।
छोटो बस्त्र नेपालीको,यता ढाक्यो उता नांगै
न त बस्त्र बढाएर लाज टाल्यो माकुनेले ।
चिन्न नसकेर तुरुप हार्दैछ खेल अब
न त एक्का लगाएर बास्सा ढाल्यो माकुनेले ।





