स्वागत वडा दशैँ
– योगेन्द्र जोगी, संघर्ष
स्वागत छ गणतन्त्रको पहिलो वडा दशैँ तिमीलाई
हेरक जनतामा खुसी र उमंग बोकर आउ वडा दशैँ तिमी
हिंसा र हत्याको स्थान होइन सान्तिको सन्देश बोकेर
आउ गणतन्त्रको पहिलो वडा दशैँ तिमी
मेची देखि पश्चिम महाकाली सबैमा सान्तिको सन्देश छरिदेऊ
गणातन्त्रको पहिलो वडा दशैँ तिमीले
हाम्रा देशका नेताहरूलाई कुर्सीको महल होइन
देशप्रेमकोसीप सिकाईदेऊ वडा दशैँ तिमीले
सगरमाथा जन्मदिने हाम्रो देशलाई
सधै सगरमाथा झै हाँसीरहेने संदेश देऊ वडा दशैँ तिमीले
हरियाली बन जंगलले सिंगारीएको हाम्रो सानो देशलाई
कसैले युद्द गर्न नसक्ने ऊपाय बताइदेऊ
गणतन्त्रको पहेलो वडा दसै तिमीले ……………..
धुपू-१ लेब्रंग
संखुवासभा खाँदबारी
ईमेल- [email protected]





