भन्न मन लाग्यो

निरज लामा

 nirajl[1]

कोइली बनी मधु बनमा गीत गाउँन मन लाग्यो।

 मयूरसँग ताल मिलाई नाच्न मन लाग्यो ।।

 झरनाको धुन सँग नाता जोडेर,

 चरी जस्तै आकाशमा उड्न मन लाग्यो ।

 खोलानाला पाखापखेरा  आहा  कती राम्रो छ

 बसन्तको फुल बनी फुल्न मन लाग्यो ।।

 प्रक्रितीले पनि मलाई जिस्काए झै लाग्छ,

 बादलको घुम्टो बनाई ओड्न मन लाग्यो।

  क्षितिज बाट चियाई -चियाइ कोही मलाई हेर्ने गर्छ,

 उनकै लागि श्रीङ्गार आज गर्न मन लाग्यो ।।

 थाहै नपाई जवानीको रङग चढेछ,

 हिमाल सँग मेरो रङ दाँज्न मन लाग्यो ।

 सपनीमा एउटा मान्छे सधैं आउने गर्छ,

 ईश्वर सामु उनलाई नै माग्न मन लाग्यो ।।

 पागल झैं चिच्यार भन्न मन लाग्यो

तपाइँको प्रतिक्रिया