गजल

-शिव मिश्र

Shiva-Mishra-nepali-gazalkar-nepal-0230

स्वर्गै पुग्छु राजै हुन्छु भन्ने ठानी छिरेपछि

 जिन्दगी नै चौपट् भयो राजधानी छिरेपछि ।।

 

 सोचे जस्तो हुन्न रैछ जल्दै जल्दै बाँच्नु पर्ने

 अचम्मको खाल्टो भित्र जिन्दगानी छिरेपछि ।।

 

 इच्छा लग्यो जोश बग्यो स्वाभिमान डग्यो

 दिवास्वप्न भड्खारामा पानी पानी छिरेपछि ।।

 

 त्यो बिरानो गाउँ ठाउँ त्यै बिराना मान्छेहरु

 बाँच्न गाह्रो हुन्छ भन्ने जानी जानी छिरेपछि ।।

 

 आँशु पिई बाँच्दा रैछन् भोका नाङ्गा पेटहरु

 खुल्ला धर्ती आकाशमा क्वै अज्ञानी छिरेपछि ।।

 [email protected]

तपाइँको प्रतिक्रिया