नियति

-रमेश गौतमपाल्पाली

 nepali-literalist-ramesh-gautam-palpali-0120

धर्तीको विछौनामा

 आकास ओडेको

 बालक-

 मुसा दगुर्ने उदरमा

 माघेझरीको थोपा

 घुसारेर आनन्दित हुन्छ ।

 सहाराको निम्ति

 जतन्याएको

 बोराको टुक्रो पनि

 चिम्लेको आँखाले छाम्दा

 भुस्याहा मित्रले

 डसेना बनाइसकेको

 थाहा पाएर

 ‘भैगो, यो पनि त मैजस्तो छ’

 चित्त बुझाउँ छ उसले ।

 एउटै छातामा टाँसिएका

 नवदम्पतिका पुलकित

 नजरका मुस्कानले

 कता कता घोँचेको अनुभव,

 तैपनि नियतिको भरोसामा

 चित्त थामिन्छ उसको ।

 २०६६/५/१४

धुम्बाराही- ४, काठमाडौं

फोन ४४३१८०१/९७४१००७३०६

तपाइँको प्रतिक्रिया