कांग्रेसका भोट जति माओवादीमा सोत्तर

करिब तिन साता भए होला एन आर एन फ्रान्सको यूवा समितिले भलिवल प्रतियोगिता राखेको। त्यति बेला भलिवल खेल्ने रौनक त थियो नै। तर त्यो भन्दा धेरै रौनक नेपालमा भइरहेको संबिधान सभाको चुनावबारे देखिन्थ्यो। नेपालीहरु भलिवल खेल्न भन्दै भेला त भएका थिए तर मुखमा सबैको चुनावी चासो झुण्डिएको थियो। चासो कसले बढि सिट ल्याउला भन्ने थियो। चिन्ता तिनै भ्रष्टाचारी र गन्हाएका पो आउने हुन कि भन्ने देखिन्थ्यो। भलिवल खेल्न जाँदैगर्दा बाटैमा सोलुखुम्बुका दोर्जी शेर्पा (पहिलो तस्विर) भेटिए।

 
चुनावका बारेमा यसो कुरा
dorjee-sherpa.jpg उप्काईयो। त्यो बेला निर्वाचनको मत गणना भइरहेको थियो। माओवादीले भटाभट निकै अगाडि थियो। कांग्रेस र एमाले लगायत राप्रपा थोरै सिटमा खुम्चिदै थिए। सोलुखुम्बुका रसिला र सोझा शेर्पालाईपनि बिगतमा नेपाली कांग्रेस, एमाले र राप्रपाको भूमिका देखेर दिक्क लागेको रहेछ। उनी चुक्चुकाउँदै थिए-हेर! मेरो एक भोटपनि माओवादीलाई घाटा लाग्यो। बिगतमा नेपाली कांग्रेसलाई भोट दिएका रहेछन उनले लौ प्रजातान्त्रिक पार्टीलाईनै जिताउनुपर्छ भन्दै। कांग्रेसको असफलता देखेपछि उनले आफ्नो भोटको डेरा सारेछन एमालेतिर। एमालेका जनप्रिय गीत, शिक्षा, स्वास्थ्य र रोजगार अनी विकास गरेर झिलिलि पार्छौं देशलाई भन्ने नाराले उनलाई निकै आकर्षित गरेछ। राष्ट्रिय प्रजातन्त्र पार्टीलाइपनि दिएछन भोट। उनी भन्दै थिए-एमाले र कांग्रेसलाई दिएकै त हो भोट। राप्रपालाईपनि ठोकेकै त हो ड्याम्म। अनि खोइ त केही गरेनन जनतालाई। नेपालमा भए यो पाली त ठोक्थेँ माओवादीलाई।

 
त्यसदिन चितवनको हाकिम चोकका प्रकाश पौडेल (दोस्रो तस्विरमा पछिल्लो) पनि त्यसै भन्दै थिए। माओवादीलाई दिने भोट खेर गएकोमा चुक्चुकाउँदै थिए उनीपनि। अस्ति शुक्रबार बाटैमा भेट भए फेरि पर्वत निवासी विष्णु रिमाल। भेट भयो कि अहिले हरेक नेपालीको गफगाफको शुरु नै नेपालको निर्वाचनबाट हुन्छ। उनीपनि पूर्व नेपाली कांग्रेसका
prakasha-paudel-1.jpgसमर्थक रहेछन। तर कांग्रेसले देश लुट्यो, कंगाल पार्‍यो भनेर सुनाउँदै थिए। अहिले माओवादीलाई हान्न भनियो भोट त गाउँमा फोनसोन हुँदा भने उनले। कांग्रेसले धेरै भष्टाचार गरेकाले त्यसको पोल खोल्ला माओवादीले भनेरपनि नेपाली कांग्रेसले ज्यान फालेर सरकारको नेत्रित्व गर्नुपर्छ भनेको हो भन्दै थिए उनि। जनताको बहुमत विश्वास पाएको पार्टीले सरकार नबनाएर कांग्रेसले के को नाकले सरकार बनाउने भनेर उर्लिदै थिए।

 
पूँजिवादी यि मुलुकका विकास
, सुबिधा र चमत्कार देखेका, भोगेका नेपालीहरु माओवादी नितिप्रति सहमत हुँदैनन भन्ने लाग्थ्यो हामीलाई। तर यहाँ यसो भेट्नासाथ जसलाई सोध्यो उसले त्यसलाई गलत साबीत गर्दै आएको छ। आजै चितवन भण्डाराका राम बर्तौला (तेस्रो फोटोमा देब्रे) र सुदर्शन आचार्य (तेस्रो फोटोमा दाहिने)सित भेट भयो। दुबैसँग छलफल गरियो। आफुले कुरा ननिकालेपनि अहिले भेट हुनासाथ नेपालीहरुले आफै कोट्याइहाल्छन। राम बर्तौला त झन पहिले नबुझेर नेपाली कांग्रेस भएको, यहाँ आएर पो झन नेपालको अवस्था, नेपालका नेता र राजनितिक दलहरुबारे राम्ररि बुझ्न पाएको बताउँदै थिए। उनी त माओवादीप्रति निकै आशावादी रहेछन। भन्दै थिए-अब माओवादीले केहि न केहि त पक्का गर्छ देशको लागि। उनी नेपाली कांग्रेसका समर्थक रहेछन पहिले।

 ram-and-sudarshana-1.jpg
अर्का साथी थिए सुदर्शन आचार्य। उनीसित चिनजान र भेटघाट अनि निकट भएपनि राजनितिक विषयमा खासै कुराकानी भएको थिएन। आज अलि बिस्तारमा कुरा गर्दा बुझियो-यि सभ्य र शालिन स्वभावका तन्नेरीपनि माओवादीकै शासन हेर्न आतुर रहेछन। “सबैका सत्ता हेरियो
, अब केहि गर्छौं भन्ने माओवादीका शासन हेर्न पाउनुपर्‍यो नी” भन्दै थिए उनी। नेपाली कांग्रेस र नेकपा (एमाले) को हालत देखेर पनि नेकपा (माओवादी) सुध्रिन्छ भन्ने तर्क रहेछ शुदर्शनजिको।

 
गत हप्ता एउटा तरकारी बजारमा भेटिएका बिनोद गीरीलाई भने माओवादी
अन्य दलभन्दा अग्रणी भएकोमा अचम्म लागेको रहेनछ। उनी त बरु अरु दलले सधैं शहरमै बसेर, ठगेर, ढाँटेर, भ्रष्टाचार गरेर बस्दापनि कसरि त्यति धेरै मत ल्याए हँ भनेर पो अचम्म मान्दै थिए त। त्यो पनि माओवादीले ल्याउनुपर्ने हो भन्थे उनी। उनीपनि माओवादी सरकार हेर्न हतारिएका थिए।

तपाइँको प्रतिक्रिया