गजल

-अनुकुल प्रकाश

.

anukul11

गजल विशेष लेख्नु छ

 आफ्नै परिवेश लेख्नु छ !!

.

 हिमाल पहाड तराइ एउटै

 एउटै मधेश लेख्नु छ  !!

.

 घर-भित्रै  घाती पाल्छौं

 सबलाई जागेस् लेख्नु छ !!

.

 ओकल्नु छ अग्निज्वाला

 बदलेर भेष लेख्नु छ !!

.

 सिमा-पार ति वैरीलाई

 रातो सन्देश लेख्नु छ !!

.

 स्वाधिन र स्वाभिमानको

 नेपाल देश लेख्नु छ !!

[email protected]

तपाइँको प्रतिक्रिया