गजल

-मनोज काफ्ले ‘मनसुन’/कुवेत

manoj-kafle-nepal-20100

पाएदेखि साथ तिम्रो भा’ छ के नै  पाए जस्तो

 दुइ दिन भा’ छ देख्या मात्र बर्षौ माया लाए जस्तो

 

हजारौ मा चुनियौ अरे सपनीमा चुम्यौ अरे

 लजाएर आँखा तर्छौ गर्छौ कसम खाए जस्तो

 

खुसिहरु बटुलेर यात्रा भरि साथ दिए

 लाग्ने थियो रातारातै रानीबन धाए जस्तो

 

अँध्यारोमा हात दियौ साथ दिन मन लाग्यो

 दोबाटोमा कुरी बस्छु लाग्छ तिमी आएजस्तो

 

 गीतसँग एकान्तमा डाँकोछोडी म रोइदिदा

 किन लाग्छ तिमिह हाँसी मेरै गजल गाए जस्तो

तपाइँको प्रतिक्रिया