गजल
–विष्णु वाग्ले
भ्रष्टचारी निरंकुश सत्ता अब ढाल्नै पर्छ
धरतीमा मुक्तिको दीप लौन अब बाल्नै पर्छ ।
कयौं बिते बर्षहरु अत्याचारको भूमरीमा
शोषणको अन्त्य गर्न नयाँ पाईला चाल्नै पर्छ ।।
सहनु पो कति सधैं सिमा नाघ्यो गरिवीले
वर्गीय यो युद्ध लडि असमानता गाल्नै पर्छ ।।।
जाग उठ देशभक्त धावा बोल्न बैरीमाथि
सिमा मिच्ने दुश्मनमाथि हात अब हाल्नै पर्छ ।।।।
ध्वंस पछि निर्माण अनि युद्धपछि शान्ती हुन्छ
र्सवहारा एकजुट भै बेथितिलाई फाल्नै पर्छ ।।।।।
उन्नतिको खेति गरौं ब्यक्तिगत स्वार्थ त्यागी
मातृभूमी सुन्दर पार्न मिलेर काम थाल्नै पर्छ ।।।।।।
किचनाश-४, दहपोखरी (स्याङ्जा)
हाल- पोखरा ।





