नेपाली हिमालय गौरव गाथा (पहिलो भाग)
नेपाली हिमको देश हिमले चुली भर्दछ ।
चुलिले हीमको टोपी लगाईकन बस्दछ ।।
सेतो श्रीपेच त्यै नै हो टोपी नेपाल गौरव ।
सेतो निशान शान्तिको शान्तिको क्षेत्र सौरभ ।।
धर्तीको र्स्वर्ग हो राम्रो जहाँ हाँस्ने हिमाल छ ।
त्यही हिमाल नै हाँस्छ जहाँ र्स्वर्ग विराज छ ।।
समुद्र सागर स्रोत हिमाल ताल भैदियो ।
सारा मिथ्या र ब्रम्है हो सत्य आत्मा हिमाल हो ।।
नेपाली नै त्यहीं बस्छन् स्वर्गीय शान्ति पाउँन ।
“र्सर्वे भवन्तु सुखिन” विश्वको शान्ति चाहन ।।
सबै सुखी भएको यो विश्व नै हेर्न खोज्दछौं ।
हिमाल शिखरैबाट शान्ति विगुल फुक्दछौ ।।
बिहानै जब यो धर्ती रहँदा अंधकारमा ।
निदाई रहदैखेरि झुल्को आउँछ शिरमा ।।
सूर्यको पहिलो झुल्को स्यूँदोमा जब पर्दछ ।
घुम्टो झिकेर ऊ बस्छे पछ्यौरा तल र्सार्दछे ।।
गालामा लालिमा आई कामिनी अझ बन्दछे ।
छाती किरणले छुन्छ उदाङ्ग छाती पार्दछे ।।
सूर्य उदाएकै हुन्नन् चन्द्रमा चिम्म गर्दछन् ।
खाली हिमाल आलोक आनन्दैसित चुम्दछन् ।।
आलोक शीरमा चुम्छन् छाती चुम्छन् अनि तल ।
चुम्दाचुम्दै तलै पुग्छन् नाङ्गो पारेर चुम्दछन् ।।





