‘र ‘ का मान्छे त माओवादीमा’नी भुसुक्कै
नेपाली कांग्रेसमा भारातीय गुप्तचर संस्था ‘र’ का धेरै मान्छे छन् भन्नेहरु निकै थिए । सुनिँदै आएको हो । भारतीयहरुका पक्षमा देखिने तिनको चरित्र र भक्तिलेपनि त्यसो भन्नेलाई बल मिल्थ्यो । नेकपा एमाले भरात मुखि बन्यो । एमालेका धेरै नेतालाई ‘र ‘ ले किन्यो, आफ्नो बनायो भन्ने आरोप खासगरि नेकपा माओवादीले लगाउँदै आएको थियो । माओवादीले कांग्रेस र एमाले मात्रै होइन धेरै झिना मसिना पार्टी र तिनका नेता ‘र ‘ को लागि गुप्तचरी गर्छन् भन्ने आरोप लगाउँदै आएको हो । तर माओवादी पार्टी नी ? रात रहे औराख पलाउँछ भन्छन् । हिजो माओवादी भूमिगत छँदा यस्ता कुराहरु बाहिर आउँदैनथे खासै । तर अहिले माओवादी भित्रपनि ‘र ‘ का मानिसहरु भुसुक्कै छिरेछन् ।
म अस्ति अनलाईन च्याटमा के बसेको थिएँ। यो जानकारी एक जना माओवादी निकटकै पत्रकार मित्रले दिएका हुन् । उनीसित मेरो केहि दिन अघि च्याटमा भेट भएको थियो । देशको समामयिक विषयमा केहि बेर गन्थन मन्थन हुँद मैले उनलाई माओवादीहरु कुन दिशा तिर जादैछन् ? नरमपन्थी र कडापन्थीहरुबिचको दुई लाइन संघर्ष कस्तो छ ? के कस्ता मतभेदहरु छन् भन्ने बारे जिज्ञासा राखेको थिएँ ।
माओवादी निकट पत्रकार र नेतासित निकटको सम्बन्ध रहेकाले उनलाई माओवादी भित्रका निकै कुरा थाह रहेछ । भूमिगत कालमा जस्तो कडा निगरानि नभएको। पार्टी खुला भएकाले अनेक खालका मानिसहरु माओवादीमा छिरेको सुनाए । माओवादी भित्र निकै धेरै छिरिसकेका रहेछन् भारतिय गुप्तचर संस्था ‘र ‘ का मानिसपनि। ‘र ‘ ले बिभिन्न दल, कम्युनिष्ट कार्यकर्ता र नेता तथा पत्रकार र बुद्दीजिवीका नाममा छिराएको रहेछ । उसको उद्देश्य सकभर माओवादीभित्र मत्भेद गराएर टुक्र्याउने योजना रहेछ ‘र ‘ को । त्यसैले ‘र ‘ ले सकभर माओवादीमा धेरै मानिसहरु धुसाउने योजनामा रहेछ ।
हुनत यो कुनै नितान्त नौलो कुरो भने होइन नै । किनभने दुई महिनाजति अघि एकिक्रित माओवादीका अध्यक्ष प्रचण्ड स्वयंले पार्टी खुल्ला भएपछि बिभिन्न गुप्तचरका मानिसहरु छिरेर माओवादीमा मतभेद गराउने, टुक्र्याउने, खरिद गर्ने षडयन्त्र गरेको खुलारुपमै बताएका हुन् । तरपनि त्यसलाई त्यति बिघ्न रुपमा लिईएको थिएन। अहिले भने माओवादी भित्र ‘र ‘ का मानिसहरु निकै छिरिसकेको बताईन्छ । हुनत नछिरुनपनि किन ? निर शाह जस्ता ज्ञानेन्द्रको दाहिने हात, सदा एक तन्त्रिय राजतन्त्रको पक्षधर, नमिता सुनिता काण्ड जस्तो नेपालकै ईतिहसमा एक कलंकित हत्याकाण्डमा आरोपितलाई माओवादीले रातो माला पहिराएर भित्र्याएपछि ‘र ‘ का अरु मानिस कलाकार, पत्रकात्र र अन्य त्यस्तै नाममा किन नछिरुन् ।
अहिले र का मानिसहरुले त माओवादी नेताहरुलाई निरन्तर भेट्ने । तिनलाई बिढि रहेका छन् कुनी ! लौ है केहि सहयोग चाहिए, भारतको कुनै विश्व बिद्दालयमा कोटा चाहिए, कतै भारतीत संस्थामा केहि काम परे संझिनुहोला’ भन्दै नेतालाई लोभ्याउने, गरेको पनि ति पत्रकार मित्रले जानकारी दिए । र ले त्यसकालागि माओवादी निकट हौं भन्ने बुद्दीजिवी, पत्रकार र नेताका आफन्तहरु प्रयोग गर्ने गरेको पनि उनले सुनाए ।




