गजल

-नेपोलियन मरहट्टा

nepolian-marahatta-chitwan11

नेता देख्दा यस्तो लाग्छ चोर देख्छु म त

सिंहदरबार सुँगुरको खोर देख्छु म त ।

 

शत्रुले’नि खाए देश, पत्रुले’नि खाए देश

बिदेशीको हातैभरी बाग्डोर देख्छु म त ।

 

धर्महिन शर्महिन मात्रै नेता बन्ने रैछन्

शपथ खाने मुखैभरी कोर देख्छु म त ।
 

साह्रै गाह्रो हुँदो रैछ मुर्ख-मुर्ख मिलाउन

सत्ताभरी स्यालहरु बिजोर देख्छु म त ।

 

करोडौंको खर्च गरी स्यालहरु भ्रमण जाँदा,

अश्रुबर्षा जनताको घनघोर देख्छु म त ।

तपाइँको प्रतिक्रिया