उनी सँग

अनुभव

 Anubhawa-pokhara-nepalplus-10097

सराङ्कोटको डाँडा सँगै चढ्दै गर्दा मजा भयो

 हात समाई उन्को नजिक बढ्दै गर्दा मजा भयो ।

 

 उकालीको यात्रा सँगै साथीहरु छिन्न भिन्न

 सँगै हामी दुईको दुरी घट्दै गर्दा मजा भयो ।

 

 थाकेँ भन्दै काखमा राखी उठाउन अनुरोध भो

 बोक्ने बेला चिप्लेपछि लड्दै गर्दा मजा भयो ।

 

 अचानकै अनायासै बाँधिएछौ आलिङनमा

 लजाएका नजर उनका पढ्दै गर्दा मजा भयो ।

 

 फेवातालमा छाल उठ्यो, बन्द भए नजरहरु

 ओठ माथि ओठ झनै गड्दै गर्दा मजा भयो ।

 

 सराङ्कोटको डाँडा सँगै चढ्दै गर्दा मजा भयो

 हात समाई उन्को नजिक बढ्दै गर्दा मजा भयो ।

 लेखनाथ-४ पोखरा

हाल: बग्दाद, ईराक

तपाइँको प्रतिक्रिया