बेली र चमेली तीजलाई माइत हिँडेछन
-गीता थापा/ईजरायल
बेली र चमेली तीजलाई माइत हिँडेछन
आफ्नो भने स्वामी राजा प्रदेशमा’छन
सधैंकी रोगी सासू ओछ्यानबाट झर्दिनन्
दरखाई चाँडै फर्की बुहारी भन्न छोड्दिनन
पढ्ने गुन्ने नन्द देवर सिन्को सम्म भाँच्दैनन
हामी गर्छौ भाउजू काम माइत जाउँ कहिल्यै भन्दैनन
माइती घरको आँगनीमा न’नाँचेकी धेरै’भो
सासू भन्छिन बस्तुभाउ र चुलोचौको गर्न बेरै’भो
एउटी भएकी जेठानी नी धनी घरकी भै खाकी
म’नै रहेछु अर्गेली कर्महारा सबले हेपेकी
बेली र चमेली तीजलाई माइत हिंडेछन
आफ्नो भने स्वामी राजा प्रदेशमा’छन





