भारत भ्रमणमै रहेका प्रधानमन्त्रीलाई चिठ्ठी लेखेरै थर्कायो माओवादीले

प्रधानमन्त्री माधवकुमार नेपाल कम्ति संकटमा परेका छैनन् अहिले । एकातिर जननिर्वाचित होइन म भन्ने ग्लानी आफैंलाई । अर्कोतिर अनेक अनेक बखेडा र झमेलाले हैरान । प्रमुख प्रतिपक्षी दल एकिक्रित माओवादीले त हैरान पारेकै थियो । कहिले संसद् अवरुद्द त कहिले बिदेशी प्रभुको आशिर्वादमा आएको पद भन्ने । कहिले हरौटे को नैतिकता हुन्न भन्ने ।  हुँदा हुँदा अन्तिम अवस्थामा परराष्ट्र मन्त्रीले एक्कासि घुर्काउँदै भ्रमण रद्द गरेर अप्ठेरोमा पारिन् । यसैले सरकारमा सहभागी दल र आफ्नै मन्त्री परिषदका सदस्यलाई समेत विश्वासमा लिन नसकेको भन्ने सन्देश भारत समक्ष गयो ।

 स्वदेशमा त सरकारमा सहभागि २२ दलले २४ तिर मुख फर्काएर माधवकुमार नेपाललाई दुख दिएकै छन् । हैरान पारेकै छन् । भारत भ्रमण अगाडि राष्ट्रिय विषयमा कुनै निर्णय गर्न सबै दलको सहमती हुनु पर्ने हो । बल्ल केहि हात लागि हुनेथियो । तर प्रमुख प्रतिपक्षी दल माओवादीलेनै त्यसमा यो सरकार अल्पमतको सरकार, जन निर्वाचित बिनाको सरकार, अबैध सरकार के के आरोप लगाएर कुनैपनि सन्धि, सम्झौता र सहमती गर्ने अधिकार नभएको भन्दै बिरोध गर्‍यो । अहिले माधव नेपालको भारत भ्रमणमा  भेटघाट र छलफल चलिरहेकै बेला माओवादीले कडा ढंगको चिठ्ठी लेखेर प्रधानमन्त्रीलाई थर्काउने काम गरेको छ ।

 माओवादीको केन्द्रिय कार्यालयमा कुन कुन नेता बसे । कुन स्तरको छलफल भयो  भन्ने जानकारी त भएन । तर माओवादी केन्द्रिय कार्यालयले एक पत्र पठाएको छ माधव नेपाललाई । पत्र निकै कडा ढंगले लेखेको नेपालप्लसका एक सहयोगि पत्रकारले जानकारि दिएका हुन् । पत्रमा यो सरकार संबिधान बनाउनका लागि गठन भएको हो । संबिधान बनाउने मुल उद्देश्यबाट बिमुख हुन वा त्यसलाई पन्छाएर जनताको ध्यान अन्तै तान्नका लागि अहिले भारत भ्रमणको विषयलाई अनावश्यक रुपमा चर्चा गरिएको उल्लेख छ । यो सरकार अवैधानिक रहेको र बिदेशी प्रभुहरुको आशिर्वादमा बनेकाले तिनलाई खुशि पार्न अनेक संझौता हुन सक्ने र त्यसो भए त्यो नेपाली जनताकालागि मान्य नहुने भनेर थर्काउँदै लेखेका रहेछन् । बिदेशीका अगाडि झुकेर कुनैपनि सन्धि, संझौता गरेमा त्यो राष्ट्रघात ठहरिने र जनताको लागि मान्य नहुनाले कुनैपनि सन्धि संझौतामा हस्ताक्षर नगर्न भन्दै नेकपा माओवादी केन्द्रिय कार्यालयको नामबाट प्रधानमन्त्री नेपाललाई थर्काउँदै पत्र पठाइएको छ ।

 पत्रमा ‘अघिल्ला प्रधानमन्त्रीहरु झैं बिदेशीका अगाडि नझुक्नु, झुकेर कुनै निर्णय नगर्नु’ भन्ने उल्लेख गरेका छन् । भारत भ्रमण गर्ने अघिल्ला प्रधानमन्त्री मध्ये त एक एकिक्रित माओवादीका अध्यक्ष प्रचण्ड पनि हुन् । प्रचण्डपनि झुकेका थिए भन्न खोजिएको रहेछ कि कुन्नी ! अहिलेको पत्रले त त्यस्तै बुझाउँछ । सुन्न त अहिलेसम्म नेपालको हितमा अलि स्पष्ठ अडान राख्नेमा प्रचण्ड र मनमोहन अधिकारी हुन् भन्ने अलि बढिनै सुनिन्थ्यो । तर अहिले माओवादीको केन्द्रिय कार्यालयबाट लेखिएको पत्रले त यस अघिका सबै प्रधानमन्त्री भारतीयहरुका अगाडि झुकेको भन्ने पो देखियो ।

तपाइँको प्रतिक्रिया