गजल
-अनुकुल प्रकाश, चितवन
.
गाउँ वेंसीमा फैलिँदैछन् राता राता घामहरु
फुट्दैछ है ज्वालामुखी सोचिराख परिणामहरु,
.
दीन गए साँच्चै गए ज्यु हजुर सरकारको
व्युँझिसक्यो मेची काली छरिएका गामहरु,
.
जती मार्नु मारिसक्यौ सिदासादा जनतालाई
हेर तिम्रा चारै-तिर क्रान्तिकारी लामहरु ,
.
हत्केलामा जीवन राखी घर आफ्नो बच्चाउन
फालिनेछौ छानि-छानी मकाएका थामहरु,
.
माटोको यो माग हो केही त बोक गुमनामहरु
कुटो कोदालो आफुसँग जे जस्ता छन् सर्जामहरु,





