अन्तिम अवस्थामा परराष्ट्रमन्त्री भारत जान अस्विकार किन ?

यस्ता छन् नेपाली नेता अनि कहिँ देशको भलो हुन्छ ? नेपाली नेताहरु राष्ट्रिय स्वार्थमा एक छन् भन्ने पर्छ छिमेकीलाई ? भाई फुटे गवार लुटे भनेको त्यहि होइन ? प्रधानमन्त्री माधव कुमार नेपालको भारत भ्रमणको सम्पूर्ण तयारी पूरा भएर हिँड्ने बेलामा परराष्ट्र मन्त्री सुजाता कोइरालाले एक्कासी भारत भ्रमण रद्द गरेकि छन् । उनले उपप्रधानमन्त्री बन्न जोड गरेकि थिईन । त्यो इच्क्षालाई प्रधानमन्त्री माधव नेपालले पुरा हुन दिएका थिएनन् । उनले ठाडै अस्विकार गरिदिएकाले त्यो बेलादेखि भित्र भित्रै मुर्मुरिएकि सुजाता त्यसको बदला लिने सुरमा थिईन । अहिले त्यसैको बदला लिएको बताइएको छ । भन्न चाहिँ बिरामी भएकोले जान नसक्ने भनिएको रहेछ।

 भारत भ्रमणको विषयमा बिपक्षी दलको समर्थन त के सत्ता साझेदार दलभित्रैपनि एकमत छैन, विवाद छ। माधव नेपाल आफ्नै सरकारका मन्त्रीहरुलाईपनि विश्वासमा लिन असमर्थ छन् भन्ने देखाउन खोजिएको छ । स्रोतका अनुसार आफ्नी छोरीलाई उपप्रधनमन्त्री बनाउन उनका पिता कांग्रेस सभापती गिरिजा कोइरालालेपनि नेपाल समक्ष आग्रह गरेका थिए । उनको आग्रह नेपालले नमानेपछि कांग्रेस सभापती कोइरालापनि क्रुद्द थिए । अहिले सुजाताले आफ्ना पिता सँग छलफल गरेरै भारत भ्रमण रद्द गरेकि हुन् । नेपाली कांग्रेसले जानी जानी एमाले नेत्रित्वको सरकारलाई असफल बनाउन यो खेल खेलेको भन्नेहरुपनि छन् । दल भित्रको खिचातानी जे भएपनि छिमेकी भारत सरकारमा भने यसले नराम्रो सन्देश पुर्‍याउँछ नै ।

तपाइँको प्रतिक्रिया