कुन पापीले लिए होला कुवेतमा नेपाली चेलीको ज्यान ?

-जय आले / कुवेत

 के गर्नु  खबर नराम्रा भएपनि लेख्नै पर्ने । मन नलागेर पो के गर्ने सुन्नै पर्ने । बिचरा घरका अनेक दुख र कष्ट थोरै भएपनि टारौंला भनेर खाडीको सडक पगाल्ने गर्मीमा कामको खोजीमा भौंतारिँदै पुगेकि एक नेपाली नारीलाई एउटा निष्ठुरीले ठहरै पारेको छ । ति महिला करिब एक महिना अघि कामको लागि कुवेतस्थित उम अल-हाइमान भन्ने ठाउँमा पुगेकि रहिछिन् ।

 घरमा काम गर्न पुगेकि बिचरा । आफ्नै घरमा दुखजिलो पुगेको हुँदो हो । सजिलो हुँदो हो । आफ्नै गाउँघरमा उपाय लाग्दो हो । आफ्नै देशमा सानोतिनो पेशा पाइँदो हो । निकै शिक्षित भएको भए कुवेतमा अर्काको घरमा पक्कै काम गर्न पुग्ने थिईनन् । जसको घरमा उनी विश्वास गरेर घरायसी काममा लागिन त्यहि घरको पापीले उनको ज्यान लिएछ ।

 समाचार पनि त्यहिँको अरब टाईम्स भन्नेले सार्वजनिक गरेको हो । समाचारमा ति महिलाको नाम र स्रोत केहि खुल्न नसकेको जनाएको छ । तर नेपाली महिलानै हुन् भन्ने चाहि उसले उल्लेख गरेको छ । कुवेत सेक्युरिटी सोर्सको अनुसार, युवतिले आफ्नो मलिक्निले भनेको कुरा नबुझ्नाले मालिक्नी आवेशमा आई बाथरुममा बिछ्याउने टायलले टाउकोमा हिर्काउँदा उनको मृत्‍यु भएको थियो ।

 स्रोतका अनुसार गत बुधवार राती नेपाली युवती अशक्त घाइते भएको भनी खबर पाएपछि स्वास्थ्यकर्मिहरुको टोली सँगैप्रहरीहरु उनको जाँच गर्न गएका थिए । उनीहरु त्यहाँ पुग्दा महिलाको हत्या भैसकेको थियो । कानुनी प्रक्रिया पुरा गर्नकालागि उनको लास प्रहरीले लगेको जनाईएको छ । हत्यारालाई भने प्रहरीले पक्राउ गरि कारवाहीका लागि अनुसन्धान गरिरहेको जनाईएको छ ।

तपाइँको प्रतिक्रिया