लोग्नेलाई सेक्समा सन्तुष्ट नपारे श्रीमतीलाई भोकै राखिने
सारा संसार भरि महिला हक र अधिकारका नारा, बहस र छलफल चलिरहेको छ । नेपालमै अब ३३ प्रतिशतबाट महिलालाई राष्ट्रका हरेक ठाउँमा ५० प्रतिशत स्थान हुनु पर्ने माग उठिरहेको छ । पत्नीको इच्क्षा बिपरित यौन सम्पर्क गरे त्यसलाई बलात्कार सरह मानिन्छ । बलात्कार सरह मानेर आफ्नै लोग्नेले समेत सजायँ भोग्नु पर्छ यदि पत्नीले आफ्नै लोग्नेको बिरुद्दमा उजुरी गर्ने हो भने । तर हाम्रै एशियाली एउटा मुलुकमा यस्तो कानुन बनेको छ जसले महिलालाई पशु समान ठानेको छ । हेप्नुसम्म हेपेको छ । विश्वभरिका स्वाभिमानी मानिसहरुकालागि लज्जित बनाएको छ । आफ्नो लोग्ने सेक्सको मामिलामा श्रीमतीसित सन्तुष्ट नभए उसलाई भोकै राख्न पाइने । हेरचाह पनि गर्नु नपर्ने । कुन देश होला त्यस्तो ?
त्यो हो अफ्गानिस्तानमा । हिजो बेलायतबाट प्रकाशित द गार्डियन दैनिकले एउटा रिपोर्ट सार्वजनिक गरेको छ त्यहि विषयमा । रिपोर्टमा अफ्गानिस्तानको संसदले त्यस्तो कानुन बनाएर संसदबाट पास गर्ने अन्तिम तयारिमा रहेको जनाएको छ । यो कानुन पहिलेपनि ल्याइएको रहेछ । तर सारा विश्वभरि त्यसको तिब्र बिरोध भएपछि राष्ट्रपती हमिद कारजाईले त्यो कानुन पास नगराउने बताएका रहेछन् । तर अन्तत: उक्त कानुन फेरि पास गर्न अन्तिम तयारि भैरहेको गार्डियनको रिपोर्टमा उल्लेख छ ।
त्यति मात्रै हो र ? अब बन्न लागेको नयाँ कानुनले वालवालिकाको अभिभावकत्वको अधिकार पनि बाबु र बरु हजुरबाबुमा रहने तर आमामा नरहने बनाएको छ । आफ्नै वालवालिकाको अभिभावकत्वकोलागि पनि अब आमाहरुले लोग्नेसित अनुमती लिनुपर्ने छ ।
अमेरिकाको एउटा मानव अधिकार अनुगमन गर्ने सस्थाले त त्यो कानुनलाई ‘बलात्कारीहरुलाई उसले बलात्कार गर्दा बगेको रगतकै मूल्य मात्रै तिरेर उम्कन सजिलो बनाइदिएको’ भन्ने टिप्पणी गरेको छ । पहिलेपनि अफ्गानिस्तानमा विवाहित महिलामाथि बलात्कार गर्न पाइने (आफ्नो परिवारमा भन्न खोजिएको) कानुन बनाइएको थियो । त्यति बेला विश्वभरि चर्को बिरोध र प्रदर्शनी भएका थिए । त्यहि कानुनको बिरोध गर्न गत अप्रिल महिनामा आयोजित एक अन्तर्राष्ट्रिय र्यालीमा बेलायतका प्रधानमन्त्री गोर्डन ब्राउन र अमेरिकी राष्ट्रपती बाराक ओबामा समेत सामेल भएका थिए । तर उनीहरुको बिरोधकोपनि केहि लागेन ।
पहिले तिब्र बिरोध भएपनि भाषामा मात्रै केहि सुधार गरेर महिला बिरोधी अहिले फेरि पुरानै कानुन जस्ताको त्यस्तै ल्याइएको इस्लामिक महिला अधिकारवादी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरुले बताएका छन् । अहिले पास गर्न लागेको कानुन कतिसम्म महिला बिरोधी छ भने त्यसमा स्पष्ठसँग लेखिएको छ “आफ्नो लोग्नेको उचित सेक्स सन्तुष्टिकालागि श्रीमती तयार हुनुपर्छ । विशेष परिस्थितिम बाहेक श्रीमतीलाई घर बाहिर निस्कने अधिकार हुने छैन लोग्नेको अनुमती बाहेक। माथिका कुरा पालना नगरिएमा श्रीमती लोग्नेप्रति अनाज्ञाकारी ठरिने छ”। अहिले यो कानुनका बिरुद्दमा निकै बहस र छलफल चलिरहेको छ । विश्वभरिका अधिकारवादीहरुले यो कानुन कुनैपनि हालतमा पास हुन दिन नहुने भन्दै चर्को बिरोध गरिरहेका छन् ।




