सर्कुलरनै जारी गरेर आन्दोलन चर्काउन निर्देशन

एकिक्रित नेकपा (माओवादी) ले हालसालै एउटा गोप्य सर्कुलर जारी गरेको छ पार्टी भित्र । नेपालप्लसले त्यो सर्कुलर हिजो पाएको थियो । सर्कुलर लामै छ । केहि बाहिर आ इसकेका कुरा छन् । केहि आउन बाँकि छन् । उनीहरुको असार २४ गतेदेखि साउन १८ सम्म केन्द्रिय समितिको बैठक बसेछ । त्यसैका मुख्य निर्णय सार्वजनिक गर्नपनि सर्कुलर जारी गरिएको रहेछ । कस कसलाई सल्लाहकारमा राखियो । कोको जिम्मेवारीबाट झिकिए । कुन कुन राज्यसमिति बने यस्तै जानकारि छन् सर्कुलरमा । मलाई अलि चासो लागेको कुरो के भने साँच्चै माओवादीमा आर्थिक लाभ लिनेहरु रहेछन् । त्यो सर्कुलरले नै बोल्छ माओवादीले सार्वजनिक रुपमा होइन भनेर पहिले जति बिरोध गर्ने गरेका भएपनि ।

 सर्कुलरको १२ औं नंबरमा स्पष्ठसँगै के लेखिएको छ भने ‘पार्टीका कतिपय नेता तथा कार्यकर्ताहरुको आचरण लगायतका विषयमा आवश्यक छानबिन गरि तिन महिनाभित्र प्रतिबेदन पेश गर्ने’ । पार्टीले एउटा आयोगनै बनाएको छ र त्यो आयोगको अध्यक्ष मोहन बैद्द ‘किरण’ लाइ बनाइएको छ । आयोगमा नेत्रबिक्रम चन्द, लिलामणी पोखरेल, पम्फा भुसाल, शक्ति बहादुर बस्नेत, हितराज पाण्डे, क्रिष्णदेव रामनारयण बिडारी छन् ।

 त्यस्तै आर्थिक लाभ लिने, जे पायो त्यहि बोल्ने, मोजमस्तीमा लाग्ने गरेकाले होला अहिले पार्टीले केन्द्रिय समिति सदस्यकालागि तत्काल लागू हुनेगरि १५ बुँदे आचार संहिता पारित गरेको रहेछ । दुखको कुरो के भने सर्कुलरमा नयाँ संबिधान बनाउनकालागि केहि उल्लेख छैन । बरु तत्काल आन्दोलन चर्काउने भन्ने उल्लेख छ ।

 सर्कुलरको १५ औं बुँदामा ‘केन्द्रिय समितिले जिम्मेवारी दिए बमोजिम स्थायि समितिको बैठक बसि क. बाबुराम भट्टराई अध्यक्ष, क. अमिक शेरचन उपाध्यक्ष तथा नेत्रबिक्रम चन्द ‘विप्लव’ महासचिव रहनु भएको संयुक्त राष्ट्रिय जनआन्दोलन नामांकन गरिएको संयुक्त मोर्चा गठन गर्ने र सो मार्फत तत्काल संघर्षको कार्यक्रम दिने निर्णय गरिएको छ’ उल्लेख छ । यसबाट माओवादीको जोरजुलुम नयाँ संबिधान बनाउनतिर भन्दा आन्दोलनकालागि हो कि भन्ने बुझिन्छ ।

तपाइँको प्रतिक्रिया