‘विष्णु भगवानको अवतार’ भन्दै वालक हेर्न हजारौंको भिड
नेपालको एउटा गाउँमा यतिखेर हजारौंको भिड लागिरहेको छ देउता हेर्न भन्दै । शारिरिक दूर्बलता भएको एक वालक जन्मिएपछि त्यसलाई देउता हो भन्दै ठाउँ ठाउँबाट त्यो वालक हेर्न हजारौं मानिस जाने गरेका छन् । ति मध्ये धेरैले वालकलाई देउता भन्दै पूजा गर्ने गरेका छन् । बच्चाको टाउको एउटा छ । तर हात र गोडा चार चार वटा छन् । ति भूँडीमा जोडिएका छन् । त्यहि वालकलाई कतिपयले देउता भनेर पूजा गरिरहेका छन् भने कतिपयले सराप लागेको भनिरहेका छन् । त्यहि सराप लागेको वालकका कारणले गर्दानै यो वर्ष बेलैमा मनसुनी वर्षा नभएको भन्नेहरुपनि रहेछन् । अचम्म के छ भने यस्तो समाचार बिदेशी समाचार संस्था बीबीसीले हिजोको मितिमा ‘नेपाली फ्लक टु सि ‘बेबी गड’ शिर्षकमा प्रकाशित लेखेको छ काठमाडौं डेटलाईन बाट । तर नेपाली मेडियामा भने कतै देखिएन ।
बीबीसीले वालक जनावरी महिनामा जन्मिएको उल्लेख गरेको छ । त्यो बेलादेखि वालक हेर्न टाढा टाढाबाट हजारौं मानिस आएकाले वालककि आमा ३२ वर्षिया जानुका घिमिरेले हैरानी ब्यहोर्नु परेको छ । तर रिपोर्टमा वालक कुन जिल्ला र गाउँको हो भनेरपनि उल्लेख छैन । गणेश भगवानका थुप्रै हात हुनाले यो वालकलाइपनि थुप्रैले गणेश भगवानको अवतार भन्दै पूजा गर्ने गरेका छन् । कति त निकै टाढा बाट पैदल र बस चढेरपनि वालक हेर्न आउने रहेछन् । दिनमा कम्तिमा १०० जना हेर्न आउने गरेको समाचारमा उल्लेख छ ।
अन्धविश्वासी नेपाली समाज न हो त्यस्तो बच्चा जन्मिनुको कारण खोजि गर्नु पर्दैन । बुझ्नु पर्दैन । बैज्ञानिक कारण दिएपनि पत्याउँदैनन् धेरैले त । त्यसैले उनिहरुले अनेक खाले अन्धविश्वासी आरोप लगाउँछन् । कोहि ईश्वर भन्ने त कोहि बोक्सी । कसैले चाहिँ सराप लागेर यस्तो भएको भन्ने । बच्चा स्वस्थ नजन्मिएपछि बाबु आमालाई अनेक पिर, समस्या र चिन्ताले त पोरोल्छ नै, झन समाजले अनेक आरोप लगाएर थप पिँडा दिन्छ । वालककि आमा त्यस्तै पिडा खप्ने रहिछिन्।
रिपोर्टका अनुसार यस्ता वच्चा ५० हजरदेखि २ लाखमा एउटा मात्रै जन्मिन्छ । कुनै निश्चित उपचार गरिनु अघि बच्चालाई काठमाडौंका चिकित्सकहरुले ६ महिना निगरानीमा राख्नुपर्ने बताएका छन् । आफ्नो वालकको उपचार गरेर बचाउन पाइयोस भन्ने कामना गरिरहेका छन् बाबु आमाले । तर शल्यक्रिया र अन्य उपचारका लागि करिब ५० हजार अमेरिकी डलर (करिब ३७ लाख नेपाली रुपियाँ) लाग्ने अनुमान गरिएको रहेछ । त्यत्रो रकम जुटाउन आफुहरु सक्षम नभएकोले वालकका बाबु आमा चिन्तित रहेको रिपोर्टमा उल्लेख छ ।
बीबीसीको आङ्ल भाषामा लेखिएको रिपोर्ट हेर्ने भए यहाँ क्लिक गर्नुहोस । तस्बिरपनि बीबीसीकै साभार गरेको हुँ ।




