कांग्रेस कार्यालयमा बम बिष्फोट

नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा अहिले केहि बेर अघि बम पड्काएका छन् आतंककरीहरुले । एक जना पत्रकार भाई नरेन्द्र अनलाईन आएका थिए। उनले सम्पर्क हुनासाथ त्यहि कुरा सुनाए।  सानेपा स्थित नेपाली कांग्रेसको कार्यालयमा बम पड्काएपनि मानविय क्षती भने केहि भएको रहेनछ । झ्यालका सिसाहरु भने निकै फुटेछन् । वरिपरिका मानिसहरु आतंकित भए । यो बम हान्ने काम चाहिँ नेपाल डिफेन्स आर्मी नामको आतंककारि संगठनले गरेको दाबी रहेछ ।

उनीहरुले पहिलेपनि काठमाडौंका बिभिन्न ठाउँमा बम बिष्फोट गराउँदै आएका छन् । उनीहरु नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गरेदेखि देखा परेका हुन् । दुई चार जना कट्टर हिन्दूवादीहरुले गठन गरेका हुन् यो संगठन । उनीहरुले नेपाललाई फेरि हिन्दू राज्यनै बनाउनु पर्ने माग राख्दै आएका छन् । नेपाली कांग्रेसपनि सरकारमा सहभागि भएको र उसलेपनि धर्म निरपेक्ष राज्यकै वकालत गरेकाले आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ । मरेपछि ओखती भने झैं अहिले वरिपरि सुरक्षा कडा पारिएको रहेछ ।

-थप समाचार हेर्नुस-

बम विष्फोट गराएको आशङ्कामा छ पक्राउ
नेपाल स्वतन्त्र समाचार सेवा
काठमाडौं, साउन २७/नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा बम विष्फोट गराएको आशङ्कामा प्रहरीले छ जना शङ्कास्पद ब्क्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिउँसो भएको विष्फोटमा कार्यालयमा सामान्य क्षति भएको थियो ।

विष्फोट लगत्तै काङ्ग्रेस कार्यवाहक सभापति सुशिल कोइराला, उपसभापति रामचन्द्र पौडेल लगायतका केन्द्रीय नेताहरु पार्टर्ीीार्यालय सानेपा पुगेका छन् । प्रहरीका उच्च अधिकारीहरु पनि घटनास्थलमा छन् ।

यसैबीच, ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा पनि बम फेला परेको छ । अहिले वम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

तपाइँको प्रतिक्रिया