बुढा नेताले प्रचण्डलाई हप्काउँदा केन्द्रिय नेता बैठकमै स्तब्ध
अस्ति भर्खरै माओवादीको केन्द्रिय स्तरको बैठक सकियो । तर त्यो केन्द्रिय बैठकमा के कस्ता जिज्ञासा उठे होलान् ? पार्टीले क्रान्तिकारी धार छोड्यो भनेर आरोप लगाउनेहरु प्रशस्तै भैसके । नेताहरु सुबिधा भोगि भए । जनताका अगाडि गरेका बाचा बिर्सेर आफ्नै मोजमस्तिमा लागे । नेता र कार्यकर्तामा आर्थिक बिचलन देखियो । यस्ता आरोप प्रत्यारोप र चिन्ता प्रशस्तै देखिने सुनिने गरेका हुन् । बाहिर यसरि अलोचना गरिँदा माओवादी नेताहरुले भने त्यसलाई ठाडै अस्विकार गर्ने गरेका छन् । साँच्चै के माओवादीमा पुरानै क्रान्तिकारी धार उहि अवस्थामा बाँकि छ त ? माओवादी नेताहरु सुबिधाभोगि भएका हुन् कि होइनन् त ? माओवादी पनि एमालेकै बाटोतिर उन्मुख हुँदै छ भन्ने कतिपयको आरोप, आलोचना र दाबी कति सत्य होला ? साँच्चै माओवादी भित्रका नेताहरु चाहिँ पार्टीभित्र के भन्छन् ?
वास्तबमा माओवादी अर्को एमाले बन्दै छ। माओवादी नेताहरु सुबिधा भोगि भए । माओवादीले जनताका अगाडि गरेका बाचा बिर्सिए भन्ने आरोपहरु निराधार होइन रहेछन् । माओवादी भित्रै पनि यसलाई स्विकार गरिएको रहेछ । माओवादीका कतिपय इमान्दार नेता तथा कार्यकर्ताहरु यसमा निकै चिन्तितपनि रहेछन् ।
माओवादी बैठकबारे जिज्ञासा राख्न मओवादीकै एक नेतासित नेपालप्लसको भेट भएको थियो ।उनले दिएको जानकारि अनुसार केन्द्रिय समितीको बैठकमा त्यसरि चिन्ता ब्यक्त गर्ने नेता मध्ये एक थिए शिवप्रसाद गौतम । उनी पश्चिम दाङका नेता हुन । माओवादीको क्रान्तिकारी किसान संघका अध्यक्ष । केन्द्रिय बैठकमा उनले बोल्ने क्रममा प्रचण्डलाई निकै अप्ठेरोमा पार्ने गरि मन्तब्य राखेछन् । आफु एमालेले क्रान्ति गर्दैन । एमाले सुबिधाभोगि भयो । जनताका बाचा छोड्यो । राष्ट्रियता त्याग्यो । एमाले नेता सुबिधाभोगि भए भनेर क्रान्तिकारी पार्टीमा आएको । देशमा क्रान्ति गर्न आएको । सर्वहारा वर्गको राज्यसत्ता निर्माण गर्न आएको । तर माओवादीपनि अर्को एमाले बन्ने भो । ‘माओवादीलाई तपाईहरुले अर्को एमाले बनाउने हुनु भयो’ उनले प्रचण्डलाई सिधै भनेछन् । प्रचण्डको क्रान्तिकारी नेत्रित्व देखेर आएपनि अहिले पार्टीले क्रान्तिकारी धार छोडेर एमाले जस्तै भएको उनले प्रचण्डलाई सुनाउँदै भनेछन् ‘म क्रान्ति गर्न आएको मान्छे भन्नुस् अब म कहाँ जाउ ? मेरो जाने ठाउँ कहाँ छ ?’ उनको यस्तो गुनासो सुन्दा प्रचण्ड बोल्नै सकेनन् ।
उनले त्यति मात्रै भनेनन् । हिजो पार्टीले जनताका अगाडि गरेका कुन चाहिँ बाचा पुरा भए ? त्यत्रा मानिस मारिए । हाम्रा हजारौं साथी हाम्रो पार्टीले केहि गर्छ भनेर सहिद बने । शामान्ति सत्ता हल्लाउने जनसेना शिबिरमा दुख काटेर बसेका छन् । पार्टी सरकारमा गएपनि न त जनताको लागि केहि गर्न सक्यो । न क्रान्तिकारी धार पक्रियो । उल्टो नेताहरु सुबिधाभोगि भए । जनताका समस्या ज्युँका त्युँ छन् । तर नेताभने बिभिन्न आर्थिक लाभमा संलग्न भएको उनले प्रचण्डलाई नै बताए ।
माओवादी पार्टीभित्र पनि एकदम सोझा र ईमान्दार भनेर चिनिने उनका यि भनाईहरु सुनेपछि थुप्रै केन्द्रिय नेता गम्भिर बनेको नेपालप्लस स्रोतले बतायो । उनले देश, जनता र पार्टीकालागि भनेर एमाले पार्टीबाट सांसद पद छोडेर आफु माओवादीमा क्रान्ति गर्न आएको बताएका थिए । उनले यिनै गम्भिर भनाई राखेपछि अन्य नेताहरुलेपनि नेत्रित्वको आलोचना गरेका थिए ।
-संबन्धित ब्लग-




