गजल

 -नेपोलियन मरहट्टा

 nepolian-marahatta-chitwan11

कोखिल्लामा गाग्री बोकी झर्छिन् उनी पँधेरीमा

 ढिलो आई छिटो पानी भर्छिन् उनी पँधेरीमा ।

 

 मूल सुक्यो धारो सानो लाम बस्नु पर्छ भन्दा,

 धकेलेर ठाउँहरु सर्छिन् उनी पँधेरीमा ।

 

 उनी आए पछी सधैं खैलाबैला मच्चिहाल्छ,

 प्राय जसो झगडामा पर्छिन् उनी पँधेरीमा ।

 

 म सँग’नी बोली छैनन् अस्ति कल गरे देखी,

 मैले हेर्नै हुन्न आँखा तर्छिन् उनी पँधेरीमा ।

 

 जति कल गरे पनि मन्मा माया रैछ कि त,

 नत्र किन ? मेरै कुरा गर्छिन् उनी पँधेरीमा ।

 [email protected]

तपाइँको प्रतिक्रिया