सिमानाहरु

-दिलिप योन्जन/अमेरिका

dilipa-yonjon-usa-667711

 सारिएका सिमानाहरु, पुरानै डोबमा गाड्नु छ

 खुम्चिएको देशको नक्सा, फेरि नयाँ कोर्नु छ

 टिष्टा र कांगडा फिर्ता, लिन लड्न बाँकी नै छ

 उठ है उठ युवाहरु हो,  देशको मुहार फेर्नु छ।

 

 सन्धि र सम्झौतामा, मेरो देशको माटो हराइरहेछ

 कहिले कोशी कहिले गन्डकी, पटक पटक बिक्री भइरहेछ

 मेरो देशमा बिदेशीको हावी,  दिन दिनै बढ्दो छ

 उठ है उठ राष्ट्रप्रमी हो, फेरि वीरता देखाउनु छ

 उठ है उठ युवाहरु हो, सन्धि र सम्झौता फेर्नु छ ।

 

 हिमालमा हिउँ रहिन्जेल, एक थोपा रगत भइन्जेल

 झुक्ने छैनन् यी हातहरु, गोली हाने नी भालाले रोपे नी

 माटो नै रंगाउनेछु रगतले, झुक्दैन कहिले मेरो शिर

 उठ है उठ देशभक्तिहरु, एक जुट हुनु छ देशका सक्तिहरु

 उठ है उठ युवाहरु हो, राष्ट्र र राष्ट्रियता बचाउनु छ।

तपाइँको प्रतिक्रिया