दुतावासबाटै पिडित साउदी अरब र कुबेतका नेपाली

                         “घुस लिएर राहदानी दिन्छ दुतावास”

-सुजन के सी/कुवेत

हामी नेपाली गरीब देश र गरिबिको रेखामुनी जन्मेपछी जिबन बिताउनको लागि आबश्यक पर्ने गास,बास कपास जुटाउन प्रदेश पलायन हुनु बाध्यता नै बनेको छ । नेपालमा बेरोजगार भएर बस्नुभन्दा परिवारजन र मातृभूमी देखी टाढा गएर भएपनि  दुइ चार पैसा कमाइ सुखी जिबन बिताउने धेरैको सपना । आफ्नो परिवार लाई मिठो खुवाउने अनी  सन्तानको सु-शिक्षा र आफ्नो आर्थिक दायित्व निर्बाह गर्ने  ईच्छा लिएर करिब ४०-४५ हजार नेपालीहरुले  कुवेतको मरुभुमिलाई  आफ्नो कर्मभुमी बनाउन बाध्य भएका छन  । यति धेरै संख्यामा नेपालीहरु कार्यरत रहेको यो मुलुकमा नेपाली दुताबास नहुँदा यहाँ पुगेका नेपालीहरुले धेरै किसिमका दु:ख र कष्ट  भोग्नु परेको छ ।

 नेपाल सरकारले कुवेतमा छुट्टै दुताबास खोल्न नसकेपछि कुवेतको रेख-देख गर्ने  जिम्मेबारी पनि नेपाली दुताबास साउदी अरबलाई सुम्पेको छ । त्यसैले  साउदीको रियाद शहर स्थित रहेको नेपाली दुताबासले कुवेतको समस्या हेर्दै र दुताबास सम्बन्धी सबै काम गर्दै आएको छ। तर वास्तविकतामा हेर्ने हो भने  बितेको ६ बर्षमा एक जना कर्मचारीले  दुई दिनको लागि कुवेत भ्रमण गरी नेपालीहरुको समस्यालाई सम्बोधन गर्नु भएको छ । यो सुन्दा तपाईं हामीको मनमा शंका लाग्नु स्वभाबिक हो कि  ६ बर्षमा एक पटक कुवेत पुग्नु भएका एक जना  अधिकारिले कुवेतमा कार्यरत करीब ४० हजार भन्दा बढी  नेपाली दाजुभाइ-दिदीबहिनीहरुको कति  दु:ख पिडा बुझ्नु भएहोला ।  कति समस्याको  सम्बधान गर्नु भए होला ? बिभिन्न पत्र पत्रीका र  परराष्ट मन्त्रालय मार्फत साउदी अरब स्थित नेपाली दुतबासले कुवेतलाई हेरिराखेको र त्यहाँ भएका नेपालीहरुको दु:ख सुखलाई सम्बोधन गरिरहेको छ भन्ने  सुनिन्छ । तर दुताबासले कुवेत तिर फर्केर हेरेको पनि छैन ।

 हस्ताक्षर नभएको राहदानी दिन्छ दुतावास

 अधिकांश अशिक्षित र घरेलु कामदार भएको ठाउँबाट राहदानी जारी गर्ने देखी लिएर कुनै दुर्घटनामा परि मृत्यु हुनेको शरीर नेपाल पठाउदा आबश्यक पर्ने कागजात बनाउन साउदी पठाउनु पर्छ । यसरी पठाएको कागजात बनाएर कुबेत पुग्न ३ देखी ४ महिना लाग्ने गरेको छ । कती कागजात त बाटोमै हराउने वा दुताबास सम्म नपुग्ने गरेको छ । त्यती मात्रै होइन ५० कुवेती डिनार खर्च गरी साउदी अरब पठाइ बनाएका राहदानीमा  कसैकोमा जन्म मिती छैन । कसैकोमा लालु वा  भालु के लेखिएको भन्ने कुरा पढन पनि सकिदैन । कसैकोमा दुताबास अधिकारिको हस्ताक्षर छैन भने कतिको  ड्राइभर लाइसेन्स, विवाह प्रमाणपत्र अनी जन्म दर्तामा समेत ढिलाई गरिदिनाले कती नेपालीहरुलाई निकै असर परेको छ । यसैगरी ५० कुवेती  डिनार  (करीब नेपाली रु १३०००) तिरेर साउदी अरबबाट बनाएको एकजना महिलाको राहदानीको बारेमा  दुताबासको अधिकारिलाई दर्साउदै  भनेको थिए “सर यो राहदानीमा हस्ताक्षर गर्न भुल्नु भएको रहेछ । दुतावासका अधिकारीले  ‘४० डिनर दिनुस म बनाएर पठाइदिन्छु ‘ भने । अनी मैले प्रतिप्रश्न गरे  ‘ति महिलाले त राहदानी बनाउदा तिर्नुपर्ने दस्तुर तिरिसकेकी छिन । यो त दुताबास अनि दुताबासमा काम गर्ने नेपाल सरकारको प्रतिनिधिहरुको गल्ती हो ।’ यस बिषयमा धेरै कुराकानी र तर्क-बितर्क भएपनी ४० डिनर नतिरे सम्म आफुहरुले सच्चाउन नसक्ने बताए दुतावासका कर्मचारीले। अब तपाईं हरुआँफै भन्नुस चौबिसै घण्टाकाम गर्दा बल्ल ५० कुवेती दिनार परिश्रमिक पाउने महिलाले कसरी अर्को पटक नेपाली १३हजार तिर्लिन त ?

 एक बर्ष पहिले कुवेत सरकारले गैर कानुनी रुपमा बसोबास गरेका बिदेशी नागरिकहरुलाई स्वदेश फर्कन दिएको थियो ।  उक्त अबसरमा नेपाली दुताबास साउदी अरबले करीब ६५० नेपालीहरुकोलागी  ट्राभल  डकुमेन्ट बनाइ दिएको थियो । १४ जना पुरुष र अरु सबै महिला थिए । सो अबसरमा  कुवेतमा गैरकानुनी रुपले बसेका नागरिकहरुलाई आ-आफनो दुताबासले १ डिनरमा ट्राभल डकुमेन्ट दिएको थियो । तर नेपालीले ठुलो रकम तिर्नु परेको थियो । यसरी ट्राभल  डकुमेन्ट पाएका श्रीलंका,पाकिस्तान,बाङ्लादेश,भारत,फिलिपिनका  नागरिकहरुलाई आ-आफनो देशका दुताबासबाट आएका  प्रतिनिधिले एयरपोर्ट भित्रै लगेर छोडेका थिए । तर नेपालीहरुकोलागी दुताबासको कुनै प्रतिनिधि नभएकोले  कुवेतका अध्यागमनका अधिकारीहरुले जान दिएको  थिएनन ।

 त्यस्तै भारत सरकारले नेपाली  ट्राभल डकुमेन्टमा दिल्ली पुगेका नेपाली नागरिकलाई दिल्लीबाट कुवेत फिर्ता पठाएको  थियो ।  कतिपय पाकिस्तान बाङ्लादेशबाट फिर्ता भएका थिए । अनि कतिले कुवेतको एयरपोर्टबाटै फेरी कुवेतको लागि अबैधानिक कामदारको बिल्ला भिर्नु परेको थियो ।  उनिहरु आजसम्म पनि अर्को अबैधानिक कहिले खुल्छ भन्दै आफ्नो घर-बार अनि आफन्तलाई सम्झदै कुवेतमै लुकिछिपी काम गरिरहेका छन।  यसरी बिभिन्न कारणले जान नपाउनेको सँख्या करिब ३०० थियो । कसैको सहयोग नपाए र स्वदेश फर्किनबाट बन्चित भएका यि ३०० चेलीहरु आज सम्म लुकिछिपी राम्रा-नराम्रा काम गरी बस्न वाध्य भएका छ्न । यदि  त्यतिबेला  कुनै दुताबासको  अधिकारी पुगेको भए ति ३०० चेलीबेटीहरुको  यो बिजोग हुने थिएन होला कि ?

 हामीले कुवेतमा कार्यरत धेरै नेपालीहरुको  गुनासो सुनेपछि सत्य-तथ्य पत्ता लगाउनको लागि  नेपाली दुताबास साउदी अरबका  अधिकारी सँग सोधेका थियौं । वहाँ भन्नु हुन्छ — साउदीमा मात्रै ४ लाख भन्दा धेरै नेपालीहरु छन । साथै खाडीका अरु मुलुक पनि हेर्नु पर्छ । दुताबासमा  कामगर्ने मान्छे छैनन ।  सिमित कर्मचारीहरुबाट काम चलाउनु पर्छ । हाम्रो समस्यालाई  सरकारले  बुझ्दैन । मान्छे नै नभएपछि  जति  काम गरेपनी भ्याइदैन। सायद दुताबासमा चाहेजती कर्मचारी नभएकोले होला कुवेतबाट फोन गर्दा कहिले पनि उठदैन ।

 नेपाल सरकारले नसुनेको हो कि प्रराष्ट मन्त्रालयले कर्मचारी नदिएको कारण !!  गल्ती सरकारको होस् या  दुताबासको । दु:ख र पिडा त मरुभुमिको गर्मिमा पसिना बगाइरहेका निर्दोस मज्दुरले उठाउनु परेको छ । कुवेतमा कार्यरत  सबै नेपालीको आशा र चाहना छ कि कुवेतमै नेपाली दुताबास चाडै खुलोस र कुवेतमा भएका सबै समस्याहरुलाई कुवेतबाट नै नेपालीहरुले सजिलै सँग  सुल्झाउन सकुन। अबको  लोकतान्त्रिक सरकार वा साउदी दुताबासले यो पिडालाई राम्ररी बुझ्न  सक्छ कि त ??

तपाइँको प्रतिक्रिया