राजाको शासनमा राजाकै मान्छेमाथि त्यत्रो निगरानी ?
उनी बारेको प्रसंग यस अघि पनि एकाध पटक लेखिसकेको हुँ । फ्रान्सेली अन्वेषक जर्ज ल ब्रेक राजा महेन्द्रदेखि वीरेन्द्रसम्मका निकट साथी थिए । नेपालको पर्यटन क्षेत्रको विकास कसरि गर्ने भनेर पहिलो खाका उनैले बनाए । राजाको शासन । सन् १९६०, ७० को दशकमा झन राजाका मान्छेलाई के को रोकतोक ? के नपुग्दो ? राजाका आउरे बाउरे त कत्रो फाईदा उठाउँथे । जिल्लाका सिडिओ सम्म त राजा भएर बस्थे । सान र मान उस्तै । तिनले भनेपछि जिल्लामा के नहुने ? अनि गाउँका मण्डले र राजाका मान्छे हुँ भन्नेहरुले समेत टाइँफाइँ देखाउँथे ? प्रधानपञ्च सम्मको हप्किदप्की र निर्देशन चर्को हुन्थ्यो । हामीले त्यहि सुन्दै, देख्दै र भोग्दै आएकै हो । तर अचम्म राजाकै मान्छेलाई झन कठिन रहेछ नेपाल घुम्न ।
(यो भिसा त झन हेर्नुस त कहिलेको हो ? सन् १९६४ को । त्यतिबेला त एकदम निगरानी हुन्थ्यो नेपालमा । त्यहि भएर यहाँ दुई महिनाभित्र लुम्बिनी र ईलामसमेत घुमेर आउने भन्दै लेखिएको रहेछ ।)
राजाकै मित्र । राजालेनै बोलाएर ल्याएका मानिसलाईनै नेपालमा कत्रो निगरानी । कता जान्छ । के गर्छ ? मन लागेको ठाउँमा घुम्न नपाउने । आफ्नो इच्क्षाले जत पायो उता जान रोक्का । राजा महेन्द्रका पालामा नेपालको पर्यटन क्षेत्रको खाका कोर्न विश्वासले बोलाएकै मानिसमाथि पनि त्यत्रो शंका । निगरानी । त्यति बेला झन अरु बिदेशीमाथि कति निगरानी हुँदो हो ? कति कडाइ गरिँदो हो ?
(यसमा त झन फागुन २०१५ भित्र भैरहवा र बिराटनगर घुमेर आउन भनेर स्पष्ठ तोकिएको छ)
जर्ज ल ब्रेककि पत्नी एलेन ल ब्रेकलाई भेट्न निकै पटक गएँ म । उनको घर पुरै नेपालै नेपाल जस्तो लाग्ने । राजा र राजपरिवारसितका चाखलाग्दा कुरा त कति कति सुन्न पाइने । ६०, ७० को दशकको नेपालका घटना । दरबारियाहरुका चलचलन जो कहिल्यै बाहिर आएनन । नेपालका मन्त्री, प्रधानमन्त्री देखि राजकुमार राजकुमारीसँग जोडिएका अनेकन चाखलाग्दा प्रसंग ।
(कतै कतै नेपाली भाषा प्रयोग गर्न छोडेर हिन्दी समेत प्रयोग गरिएको रहेछ । कति लापर्वाही नेपाली अख्तियारहरुको । भिसा जस्तो महत्वपूर्ण चिजमापनि नेपाली भाषाको ख्याल नगरेर हिन्दी ! यो भिसामा हेर्नुस त ‘मे २४ १९८३ तक बढाएइको छ’ भन्ने लेखिएको छ । ‘तक’ भन्ने त हिन्दी भाषा हो नी )।
गत साल नेपाल जाने बिदेशीहरुबारे कुरा हुँदा हुँदै सबैभन्दा अगाडि नेपाल जाने कुन कुन फ्रान्सेली हुन् भन्ने विषयमा कुराकुराकानी भए । उनलाई सन् १९६० को दशकमा नेपाल पुग्ने फ्रान्सेलीहरुबारे निकै जानकारि रहेछ । उनका पती जर्ज ल ब्रेकलाई राजा महेन्द्रले नेपाल लगेका । महेन्द्र फ्रान्स घुम्न आएका बेला यहाँका तत्कालिन राष्ट्रपती चार्ल्स द गोल सित नेपालको पर्यटनको खका कोरिदिन आग्रह गरेका रहेछन् । त्यहि अनुसार जर्ज ल ब्रेकलाई नेपाल पठाइयो । उनले राजा महेन्द्रको विश्वासपात्र बनेर काम गरे । उनका सबै राहदानी हामीले भेटिएन । भेटिएका मध्येमा उनी १९६४ देखि नेपाल जान थालेको देखियो । १९८९ सम्मपनि उनी नेपाल गैरहेको पाइयो । नेपाल जाने शुरुका बिदेशी मध्ये उनी पक्कै पर्छन् भन्ने त देखियो नै सन् १९६४ को नेपाल जाने उनको अनुमती देखेरपनि ।
(हेर्नुस त त्यतिबेला अहिले जस्तो स्टिकर लगाउने चलन नै थिएन । यहि हो त्यति बेलाको भिसा कलमले लेखेर दिने । यो २०१५ साल माघमा दिईएको रहेछ । ‘हवाई मार्गबाट पोखेरा गएर ४, ५ दिन बस्न दिनु’ भन्ने निर्देशन दिइएको छ लेखेर)
त्यति बेला राजाले बोलाउँदा पनि सजिलै नेपाल आउन दिईएको रहेनछ । पहिले फ्रान्सको बैदेशीक मन्त्रालयले नेपाली दुतावासलाई फलानोलाई नेपाल जाने अनुमती देउ भन्दै पत्र लेख्यो । त्यो पत्रका आधारमा नेपाल त गए । त्यति बेला भिसा दिने प्रावधाननै थिएन । उनको पासपोर्टमा त्यहि भएर कहाँ कहाँ जाने भनेर दुतावासले कलमले लेखिदियो । उनी जहाँ पायो त्यहाँ जान नपाउने गरि । भरतपुर, पोखरा, हेलम्बु, बिराटनगर यस्तै ठाउँ तोकेर । उनि त्यहि त्यहि ठाउँमा जानु पर्ने । तोकिएको मितिमा फर्केर आउनुपर्ने काठमाडौं । उनी धेरै पटक नेपाल गए । हरेक पटक जाँदा उनले त्यसै गर्नुपर्ने रहेछ । त्यो बेला जो पयो त्यो बिदेशीले नेपाल जन पाउने त मौकै पाउने रहेनछ । बल्ल बल्ल काम विशेषले जान अनुमती दिँदापनि कडा निगरानीका साथ । अहिले जस्तो छाडा । बिदेशीहरु मनलागि देशका कुना कुना कहाँ गएर हेर्न पाउनु राजा महेन्द्रको पाला सम्मपनि । देशभरि घुमेर सैनिक क्याम्प, मठमन्दिर र सुरक्षाका हिसाबले संबेदनशिल क्षेत्रहरु कहाँ चहार्न पाउनु ! साँच्चै अहिले बिदेशी चलखेल बढि भएको त हाम्रा नेताहरुले बढि चाकरी गरेर पो हो कि !!









