माइतै बस्ने श्रीमतीलाई पत्र

-सुमन शर्मा

 suman-sharma-texas-usa

पारपाचुके गरौ बरु तिमी माइतै बस्छेउ भने

 मेरो भन्नु केही छैन षड्यन्त्रमा फस्छेउ भने

 

 लोग्ने स्वास्नी झगडा त परालको आगो भन्छन

 सानो तिनो कुरामा नि माइती घर पस्छेउ भने

 

 दिन दिनै खबर आउँछ तिमी फर्की नआउने रे

 म पनि त एक्लो हुन्न तिम्ले सुर कस्छेउ भने

 

 धेरै बर्षपछि आज हार्‍यो सपेराले

 जती दूध पिलाए पनि उसैलाई डस्छेउ भने

 

 भिर बाट लड्ने लाई कस्ले काँध थाप्न सक्छ

 राम राम मात्रै भन्छु जानी जानी खस्छेउ भन

तपाइँको प्रतिक्रिया