साईनबोर्ड राखेरै हाकाहाकी ठगी

 Deusi_Bhailo+Bird_Watching_007

के बिदेश जान त्यति सजिलै पाइन्छ ? त्योपनि सित्तैमा अष्ट्रेलियादेखि अमेरिका सम्म ? तर हेर्नुस त देश बेथिति र लहडका भरमा चलेको मौका पारेर कसरि ठगिरहेका छन् शैक्षिक ठगहरुले । यो तस्बिर चितवनको नारायणघाट बजारको हो  । बिद्दार्थीहरुलाई शैक्षिक परामर्श दिने नाममा खुलेका च्याउ जस्ता ईन्स्टिच्युटहरुले सोझासाझा नेपालीलाई झुक्याएर मात्रै हो र प्रशासनलाईनै चुनौति दिएर ठगिरहेका छन् । मुल सडकमै उनीहरुले ठगीका साईनबोर्ड झुण्ड्याएर मानिसहरुलाई बल्छिमा पारेका छन् । उनीहरुले ‘अष्ट्रेलिया, अमेरिका ‘फ्री’ मा सेमिनारमा जान पाइने’ भन्दै ठुला ठुला साईनबोर्ड झुण्ड्याएका छन् बिजुलीका खम्बाहरुमा ।

 यस्ता साईनबोर्ड देखेपछि बिदेश गएर पैसा कमाउने र पढ्ने सपना बोक्नेहरु तिनका कार्यालयमा छिर्छन् । अनि ति सोझासाझालाई सेमिनारमा पठाउने नाममा त्यसकलागि निकै कुर्नु पर्ने, अहिले सकिएको, आउँदै गर्नुहोला फेरि कोटा आउनसक्छ, बरु यति पैसा तिरेर यसरि जान सकिन्छ भन्दै अन्य बिकल्प तेर्स्याउँछन् बिदेश जाने । कि यति पैसा तिर्नु भयो भने यो देश तत्कालै मिल्छ भन्दै महँगो पैसा असुलेर, कसैले अर्को दलालकहाँ पठाइदिएर कमिशन खाएर बिदेश पठाउँछन् । वर्षौंदेखि प्रशासनका अगाडि हाकाहाकी यस्तो ठगि भैरहँदापनि कसैले वास्ता गरेको छैन ।

 Nepalplus_ko_LAGI_107

यो अर्को तस्बिर हो, पोखरा लेक साईडको । तपाइ पोखरा लेक साईडमा यस्त साईनबोर्ड छ्याप्छ्याप्ती देख्नुहुन्छ । हेर्नुस् त के लेखिएको छ ? “नो कमिसन” रे बिदेशी पैसा साट्दा । बिदेशी पैसा बिनिमय गर्दा कमिशन नै नलिइ कसले गर्छ ? कमिशन नै नआउने भए के का लागि गर्छ ? राष्ट्र बैंकबाट बिदेशी पैसा मिनिमय गर्दा यति कमिशन लिएर गर्ने वा हरेक दिनको राष्ट्र बैंकले तोकेको बिनिमय दरका हिसाबले कमिशन खाएर गर्ने भन्ने हुन्छ ।

 पोखराको लेक साईड जस्तो चर्को भाडा तिर्नु पर्ने ठाउँमा काम गरेर कमिशननि नलिई के का लागि काम गर्ने ? सित्तैमा कसैले काम गर्छ ? बिदेशी रकम सटही गर्ने ईजाजत लिएकाहरुले पैसा साट्न जाने बिदेशीलाई पैसा सटही गरेको बिलनै दिँदैनन् । बिल नलिई साट्यो अनि त्यो कतै उल्लेख नभएपछि गैह्र कानुनी रुपमा बिदेशी रकम बेच्छन् बिदेश ओहोरदोहोर गर्नेलाई । त्यसबाट धेरै कमिशन खाएर कालो धन्दा चलाउँछन् । स्थानिय प्रशासन वा राष्ट्र बैंकलेनै यो तत्कालै सोधपुछ गरेर नियन्त्रण गर्न सक्छ । तिनलाई बिना कमिशन के का आधारमा ब्यापार चल्छ ? कहाँ जान्छ बिदेशी रकम भनेर कारवाहि गर्न सक्छ । तर वर्षौंदेखि यस्तो धन्दा पोखरामा मात्रै होइन काठमाडौंमैपनि चलिरहेको छ । तर रोक्ने कसले ?

तपाइँको प्रतिक्रिया