माओवादीलाई सरकारमा तान्न गोप्य वार्ता ?
एमालेले आफ्नो नेत्रित्वमा सरकार बनाउनासाथ एमालेकै नेताहरुले समेत भनेका थिए-माओवादीलाई बाहिरै राखेर सरकार टिक्दैन। माओवादीलाई जसरिपनि सरकारमा ल्याउनै पर्छ । हुनपनि माओवादी नेत्रित्वको सरकार जति सहज तरिकाले चलेको थियो त्यसरि चलेन एमाले नेत्रित्वको सरकार । आधा दर्जन पटक मन्त्री परिषद गठन गर्दापनि सरकारले पूर्णता पाएन रचनात्मक काम त परै । सरकार सञ्चालनमा मधेशी दल र कांग्रेसबाट हायलकायल भएको एमालेले अहिले माओवदीलाइ के जसरिपनि सरकारमा लतारेर ल्याउन लागेको हो ? किन भयो त ईजिप्ट जानु अघि प्रधानमन्त्री माधवकुमार नेपाल र एकिक्रित माओवादीका नेता बाबुराम भट्टाराइबिच गोप्य वार्ता ?
माओवादीलाई सरकार बाहिरै छोडेर सरकारमा जाँदा साँच्चै एमालेले सोचेको हुँदो हो-कांग्रेसले सरकार चलाउन खुब सहयोग गर्छ । सहज तरिकाले चल्छ सरकार । सरकारमा आ उन पार्टीनै फुटाएको फोरमको गच्छदार समूहले झन सुझबुझ निकाल्छ । तर त्यसो भएन । सरकार भित्रकै दलबिच असहयोग। बाहिर सबै भन्दा ठुलो दल झन बाहिर । कहिले संसद अवरुद्द त कहिले सडक । कहिले बजेट भाषणनै कार्यान्वयन हुन नदिने धम्कि त कहिले राष्ट्रिय सरकार गठन गर्नुपर्ने माग । कसरि चलोस सहज तरिकाले एमाले सरकार ? कसरि बन्ने माओवादीले सहयोग नगरि संबिधान ? अनि प्रमुख जिम्मेवरी नै संबिधान बनाउनु रहेको सरकारले त्यो नै गर्न सकेन भने झन सिंगो एमाले पार्टीकै अवस्था के होला ?
यहि अप्ठेरो बुझेर प्रधानमन्त्री माधव कुमार नेपाल जसरिपनि एकिक्रित माओवादीलाई सरकारमा ल्याउने अभियानमा लागेको बताइएको छ । त्यसैकालागि अहिले एमाले र माओवादीबिच छलफल र बहस भैरहेका छन् उच्च तहमा। माओवादीले के शर्त राखेको छ र एमालेले के गर्न तयार छ स्पष्ठ भैसकेको छैन । तर प्रधानमन्त्री माधवकुमार नेपाल असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन ईजिप्ट जानु अघि उनले माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईसित गोप्य मन्त्रणा गरेका छन् ।
ढिलै भएपनि जानकारि अनुसार उनीहरुबिच त्यो गोप्य वार्ता काठमाडौं रिङरोड शंखपार्क स्थित एक एमाले नेताको निवासमा भएको थियो । स्रोतका अनुसार त्यो वार्ता माओवादी सरकारमा जाने विषयमा केन्द्रित थियो । दुबै तर्फबाट कसर गरेर माओवादी दुई महिनाभित्रमा सरकारमा जाने विषयमा छलफल भएको थियो । छलफलमा कुन कुन विषयमा छलफल भयो भन्ने पूर्ण जानकारि चाहिँ पाउन सकिएन ।
अहिलेको प्रमुख आवश्यकतानै सबै दल मिलेर जानु । गणतान्त्रिक संबिधान लेख्नु । अनि गणतन्त्रलाई संस्थागत गर्नु । यो काम एक्लो दलबाट संभव छैन । झन संबिधान सभाको सर्वाधिक ठुलो दल माओवादीलाई बाहिर राखेर त हुँदैहुँदैन । त्यसैले सबै दल मिल्नुको बिकल्प पनि छैन । तर मिलाउने कसले ? के साँच्चै एमाले सरकार यो जिम्मेवारी पुरा गर्न सफल होला ?




