यस्तै उस्तै

-अम्मर पथिक/काठमाडौं

यस्तै उस्तै भयो मेरो यसपालीको लाहुर पनि

नसोधे है बिन्ती मलाई, किन त्यस्तो उदाश भनि

झर्‍यो आँखा बाट आँसु बलेसीको पानी सरी

मर्‍यो छाती भित्रै मुटु चुलेशीको धारमा परी !!!

 

कैले कर त कैले रहर अहिले आथें बाध्यताले

सोचे जस्तो बुझेजस्तो जुरायन विधाताले

संझिएर ऋण को भारी छोडी आथे प्रियजन

रुन्छ मन पोल्छ छाती एकान्तमा किन किन !!!

 

रन्को ताजा विरहको ठाडै खुट्टा फर्कौ पनि

त्यसैले त रोंजे घाऊ मुटु भन्दा जाती भनि

बुझाएर ॠणको हिसाब रुन्चे हाँसो हाँस्दै आएँ

आँफ्नै हातले आश्वासनको झुठोमाला गाँस्दै आएँ !!!

 

थाहै छैन कैले छोडें प्राण भन्दा प्यारो देश

जुगै बित्यो, वर्ष होईन सुल्झिएन मेरो केश

कति आए कति गए राखिएन हिसाब किताब

बाजे सँग आथें यता बसिराछु नाती सित !!!

[email protected]

(मुख्य दल, भएभरका नेता सबै कुर्सीका लम्पट शिर्षकको समाचारमा प्रतिक्रिया स्वरुप प्राप्त यो कविता उपयुक्त लागेकाले मुख्य प्रिष्ठमा प्रकाशित गरिएको हो-नेपालप्लस) ।

तपाइँको प्रतिक्रिया