जाग हे नेपाली नारी

राजेन्द्र कुमार लाल/काठमाडौं

 clip_image002[1]

दूर्गापनि नारी थिइन्

राक्षसवाट मानव जातिलाई छुटकारा दिलाउने !

भ्रिकुटीपनि नारीनै थिइन्

विदेशमा पनि नेपालको मान र इज्जत बढाउने !

ईन्दिरापनि नारी नै थिइन्

भारतलाई प्रगतिको मार्गमा अघि बढाउने !

आज भारतमा राष्ट्रपति देखी सभामुख सम्म नारी नै छिन

भारतलाई विश्वमा चिनाउने !

 त्यसैले

आजकी नेपाली नारी तिमिपनि

यो देशको प्रधानमन्त्री र राष्ट्रपती नारी बन्नैपर्छ

हरुवा, डर र धम्की दिने, दिवा सपना देखाउने नेताहरुवाट

अब यो देशको वागडोर तिमीले लिनै पर्छ !

देशलाई सन्तान मोहवाट निकाल्दै

अत्याचार कुल्चँदै

विदेशी शक्तिहरुलाई पाखा लगाउँदै

दुराचार मिच्दै, भ्रष्टाचार रोक्दै

नारी विरुद्द हुने सम्पूर्ण विभेद हटाउँदै

नेपाल आमाको अनुहार

शान्त, सुन्दर र हँसिलो हुनैपर्छ !

तर्सथ हे नेपाली नारी तिमी जाग

तिमी जाग, तिमी जाग ।

तपाइँको प्रतिक्रिया