आज
-महर्जन अमन
रोटे पिङ झैँ समय चक्र घुम्दै गर्दा
को कति बल्ड्याङ खाए को कति उपहास बने
त्यो छटपटी मा जन्मेको प्रजातन्त्र
आक्रोशमा ब्युँझेको यो गणतन्त्र
तुँवालोले ढाकेको सुनसान बस्तिसँगै
सिमा स्तम्भ हरु ढल्दै र ढाल्दै गर्दा
पराइ र आफन्तको भुमरीमा मडारिएको
मेरो यो नेपालको माया
न्युयोर्कको व्यस्ततामा पनि एकै छिन
आफैलाई सोध्ने गर्छु ” तँ को होस्”
आँगै सिरिङ्ग हुने दानबी परकास्टाका खबरहरु
लाजहिन सडक दुलुवा र पानी मरुवाहरुका जुलुसहरु
देश डुबिरहेछ भन्ने आभास सम्म पनि नभएका
निक्कै बुद्धिमान मानिने डाक्टर र नेताहरु
यान्त्रिक चालमा देस भाड्ने निर्दयी मोर्चाहरु
देश नै छैन भने तिमि कहाँ रहन्छौ
आमा नै लुटिए तिमी कसरि सहन्छौ
कुनै तन्त्र बचाउन होइन देश बचाउनुछ आज
कुरा र कुलो न हो जता ताने पनि तन्किन्छ
देशको माया न हो जति पर रहे पनि झन लाग्छ
नौलो संग्रामको तयारी गर्ने नयाँ पिँढीहरु
देश आबादिको सपना बोकेका नब प्रतिभाहरु
सर्पले लुगा फेरेझैं पुराना कुरा टुंग्याउनु छ आज
सिमा मिच्ने हातहरु भाँच्नु छ आज
देश कुल्चने बैरीहरु खेदनु छ आज





