मेरो देश !
–अनुभव
नजरबन्द चारैतिर, थुनामा मेरो देश
भाँचिएको भविष्य, मुनामा मेरो देश
पालैपालो उत्तरदक्षिण, सुरुवालको यात्रा
देशभक्ती ईजारमा र तुनामा मेरो देश
कुर्ची चढ्न लुछाचुँडी, राष्ट्रियता दाउमा
बिदेशिको कालोजादु, टुनामा मेरो देश
महाकाली, टनकपुर अनी सुस्ता सँगै
प्रशाद जस्तै बाँडिएको, दुनामा मेरो देश
शहीद सँगै सती गो रे, भन्छन देशभक्ती
हजुरसँग छ र ? मनको कुनामा मेरो देश
नजरबन्द चारैतिर, थुनामा मेरो देश
भाँचिएको भविष्य, मुनामा मेरो देश
लेखनाथ-४ पोखरा
हाल: परदेश ।
![Udeep[1] Udeep[1]](http://www.nepalplus.com/wp-content/Udeep1.jpg)




