एशियाली हात्ती जन्मिँदा अष्ट्रेलिया भरि कत्रो चर्चा

ठाकुर पन्थ, सिड्नी / अस्ट्रेलिया 

P090709_19[1].07_(2)[1]

नेपालका ठुला पत्रिकाको मुख्य पृष्टमा कस्ता समाचारले स्थान पाउँछन् ?  कस्ता फोटा छापिन्छन् ? त्यही गिरिजा बोलेको । तिनै प्रचण्ड कुर्लेको । अथवा राज खानदानमा कोहि जन्मेको । ठुला बडा र उच्च ओहदाका मानिसहरुको विवाह भोजको फोटोले वा समाचारले स्थान पाउँछन् । तर पराई मूलकका पत्र पत्रीकाले हेर्नुस् त । आफ्नो देशमै नपाईने ढोई (पोथी हात्ती) ले छावा (हात्तीको बच्चा) पाएको समचारलाई पनि मुख्य प्रिष्ठमा फोटोसहित प्रमुखताका साथ छापेका छन्  । यो फोटो अस्ट्रेलियाको सिड्नीस्थित तोरोङ्गा चिडियाखानाको हो । यो छावा उक्त चिडियाखानामा जुलाई ८ मा जन्मिएको थियो । यहाँका ठुला राष्ट्रिय दैनिक द डेली टेलिग्राफ,एम एक्स, सिड्नी मर्निङ हेराल्ड लगायतका पत्रीकाले त्यो समाचारलाई लगातार तिनदिनसम्म प्राथमिकताकासाथ छापिरहेका छन् । 

0,,6705260,00[1]

उनीहरुलाई यति बिघ्न चासो किन लागेछ त ? उक्त एशियाली ढोईले ९६ किलोको छावा जन्माइछ । त्यति धेरै तौलको छावा पहिले त्यसरि जन्मिएको रहेनछ । त्यसै कारणलेपनि यहाँका मुख्य पत्रपत्रीकाहरुले मुख्य समाचार बनाएर दिएको दियै गरेका रहेछन् । उनीहरुले समाचारमा त्यो हात्तिको बच्चाले के खान्छ, के गर्छ, कता बस्न मनपराउँछ इत्यादी चर्चा गरिरहेका छन् ।

 त्यसो त, यहाँका संचार माध्यममा राजनीतिक समाचारलाई खासै प्राथमिकता दिइँदैन । किनकि यहाँका मानिसहरुमा राजनीतिको बारेमा खासै चासो पनि छैन । र उनीहरु राजनीतिक समाचार  त्यति चाख दिएर पढ्दैनन् पनि । बरु यहाँका मानिसहरु जनावरसँग रमाउने, खेल्ने, घुम्ने गर्न बढि रुचाउँछन् ।  नेपालमा पत्रिका हेर्दा पहिलो पेजमै माओबादी र एमाले कार्यकर्ता बिच भिडन्त,  काग्रेस र माओबादी बीच फेरी सहमति गर्ने सहमति, फोरममा बिभाजन, नेबिसंघ द्वारा काठमाडौँ बन्द आदि समाचारलाई प्रमुख बनाएर दिएका हुन्छन् । अनि राजनीतिमा चासो नभएका मानिसमापनि राजनीतिप्रति रिस उठेर आउँछ ।

तपाइँको प्रतिक्रिया