गजल
-घायलश्री, पर्वत
पूर्णिमाको जून पनि तिमीसँग हार्छ ।
अकबरी सून पनि तिमीसँग हार्छ ।
लठ्याउने जादुरुपी मोहनी त्यो बोलिमा
सारंगीको धुन पनि तिमीसँग हार्छ ।
तिम्रो अंग अंग हरुमा गीत गजल भेट्दा
देबकोटाको गुन पनि तिमीसँग हार्छ ।
तिम्रो यादले कुटु-कुटु खाँदा मेरो कोमल मुटु
भकारीको घून पनि तिमीसँग हार्छ ।
त्यो ब्यन्जन के ब्यन्जन तिम्रो अनुपस्थितिमा
तरकारीको नून पनि तिमीसँग हार्छ ।





