जागेकै हुन नेपालमा राता बिद्रोही ?

rise-of-the-red-rebel-prachanda-nepalplus.jpg

अपत्यारिलो रुपमा माओवादी संसदिय राजनितिमा अगाडि देखिएपछि अहिले नेपाल विश्वमै फेरी एक पटक चर्चाको शिखरमा छ। धेरैलाई लागेको थियो-माओवादीले दश वर्षे जनयुद्दकलमा धेरैलाई दुख दिएकाले पत्तासाफ हुन्छन। अर्थात यिनलाई खुला राजनीतिमा पत्याउँदैनन जनताले। तर भैदियो ठ्याक्कै उल्टो। माओवादीहरु निर्वाचनमा धसिन्छन अनी लाग्छन एउटा बहाना पारेर जंगलतिर भन्नेहरुपनि धेरै थिए। तर सबैका अनुमान, अड्कल र मुल्यांकनले हावा खायो। अहिले माओवादीहरुले के गर्लान अब भनेर फेरी मानिसहरु टाठ्ठिएका छन। जनसेना छ त्यसलाई माओवादी ले के गर्ला?

माओवादलाई मुखले छोडेपनि नीतिगतरुपमा छोडेको देखिदैन। पूँजिवादी राजनीतिमा आयौं त भन्छन तर यहि गर्छन भन्ने स्पष्ट संकेत छैन। यत्रो जनयुद्दलाई कसरि दिर्घकालिन शान्तिमा रुपान्तरण गर्लान प्रचण्डले ? राज्यको पूनर्संरचना गर्ने भन्छन कसरि गर्लान। मधेसी जनताका अधिकार कसरि स्थापित होला। राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना मुल माग बोकेर हिडेको पार्टीले कसरि ति समस्या हल गर्ला ? प्रचण्डका अगाडि थोरै छैनन तगारा।
दक्षिण एशियामै
राजनीतिमा चतुर खेलाडीका रुपमा चर्चा गरिने प्रचण्डबारे बिदेशमा अहिले ब्यापक चासो देखिएको छ। नेपालका बारेमा कमै पाथमिकता दिने फ्रान्सेली समाचार माध्यममापनि त्यसबारे निकै सामाग्रि देखा परे। पछिल्लो पटक दक्षिण एशियामा चर्चित एक अंग्रेजी अखबार द हिन्दुस्तान टाईम्सले प्रचण्डबारे एउटा निकै लामो समाग्रि छापेको छ। उसले प्रचण्डले दक्षिण एशियाको भूराजनितिक घुम्तिहरुलाई बदल्न सक्ने संभावना रहेको भनेर निकै महत्वकासाथ उल्लेख गरेको छ।
सामाग्रि जे छ त्यो भन्दा बढि चाखलाग्दो प्रचण्डको कार्टून बनाएको छ अखबारले। कार्टूनमा दाहीने हातले राजालाई तुर्लुङ्ग झुण्ड्याएका छन प्रचण्डले।
देब्रे हातमा बलियोसित हँसिया हथौडा अँठ्याएका छन। हँसियाको टुप्पोमा नेपाल मजदूर किसान पार्टीका नारायणमान बिजुक्क्षे मादल बजाउँदै छन। हँसियाको तल्लो भागमा झुण्डिएर माधव कुमार नेपाल पिङ खेल्दै छन। देब्रे खल्तिमा चट्ट बोकेका छन माओलाई। गोडानिर टाटेपाटे बर्दीधारीले हतियार बोकेर उभिएको छ। खासगरि यो लेखमा अन्य विश्लेषण भन्दा प्रचण्डको ब्यक्ति चित्र गरेको देखिन्छ। त्यो सबै अनुवाद गर्नु भन्दा अंग्रेजीमा पढ्दा झन स्वादिलो होला। मैले हिन्दुस्तान टाईम्सले प्रकाशित गरेकै दिन राख्न खोजेको थिएँ तर भ्याईन। ढिलैभएपनि राख्ने कोसिस गरेको छु। त्यो लेख हेर्नकालागि यहाँ क्लिक गर्नुहोस।

तपाइँको प्रतिक्रिया