नेपालको खसी बजार जस्तो अष्ट्रेलियाको फ्लेमिग्टन बजार

-महेन्द्र / सिड्नी (अष्ट्रेलिया)

DSC00264[1][1]

ब्रो बक्स को जम्मा ५ डलर । एक बाक्सा स्याउको जम्मा ५ डलर । ताजा छ, लिने हो ?  यो कुनै नेपालको रत्नपार्क या कालिमाटी तरकारी बजार हैन बरु अष्ट्रेलिया को सिड्नी देखी ३० मिनट टाढाको तरकारी बजारमा सुनिने हल्ला हो । यस्तै आवाजले अष्ट्रेलिया बस्ने तपाईहरुकोपनि ध्यान नतान्ला भन्न सकिन्न फ्लेमिङ्टन बजारमा । फोटोमा देखिएको द्रिश्य सोही बजारको हो  ।

 सिड्नीमा सस्तो भनेर चिनिने उक्त बजार हप्ताको तीन दिन सबैका लागि खुला गरिन्छ । शुक्रबार र शनिबार फलफूल र तरकारी बजार लाग्छ भने आईतवार कपडा बजार । तर शनिबारको भिड भने हेर्न लायकको हुन्छ । सिड्नीको कोल्स र वूल्वोर्थ जस्ता महँगा सुपरमार्केटमा बन्द गरिएका समान किन्न अभ्यस्त यहाँका बासिन्दालाई शनिबारको फ्लेमिङ्टन बजारले ग्रामिण जिवन, ग्रामिण स्वाद र गाउँले पाराको झझल्को दिन्छ ।

 सामान बेच्न ब्यस्त ब्यापारी र सस्तो समान किन्न लालायित ग्राहकहरुका बिचमा हुने मोलतोलको झगडाले म त काठमाडौं कै खसी बजारमा किनमेल गरी पो राछु कि भन्ने भान हुन्छ । तर ख्याल गर्नु होला नि सामान किन्दा ! एक दुई किलो मात्रै होइन, पुरै १० या १२ किलोको बक्स नै लिदा सस्तो मा पाईन्छ । एक दुई किलो मात्रै लिन भए त नआउँदा नै बेश !

के पाइँदैन यो बजारमा ? रसिला स्याउ देखी लिएर गाबाका पातसम्म पाईन्छ । त्यो पनि अती नै मनासिब मूल्यमा । त्यति भएपछि के चहियो र गाडी लिएर हफ्ता भरीकालागि सामान लगेर फ्रिज भर्न आतुर भिड छिचोलिनसक्नुको हुन्छ । अनी बिच बिचमा नेपाली भाषामा ति सामान बेच्ने ब्यापारीसँग जिस्किदै गाली गर्ने नेपालीहरु देख्दा तपाईंको गाउँको हाट बजारको सम्झनाले नेपाल जाने तपाईंको चाहना अझ तिब्र हुनपनि सक्छ ।

 त्यति मात्रै कहाँ हो र ? नेपाली युवा युवती फलफूल बेच्दै छन भने त मोलतोलपनि नेपाली मै गर्न पाइने । अनी भएन त अब पुरा नेपाली बजार जस्तो ?  सामान पनि कती सस्तो ! बाहिर बजारमा किलोलाई ३-४ डलर पर्ने स्याउ १० किलो को बक्सलाई जम्मा ५-१० डलरमा । त्यसैगरि, गोल्भेडा नै हेर्नुस, बाहिर किलोलाई ३-४ डलर । त्यहाँ पुरै बाक्साभरिको जम्मा ८ डलर । त्यसो भए के छ त बिचार ? आउँदो शनिबार फ्लेमिङ्टन मार्केट मै पो भेट्ने हो कि !!!

तपाइँको प्रतिक्रिया