जागजाग नेपाली
-डा. शास्त्रदत्त पन्त
उठ हे उठ नेपाली जुर्मुराई उठ ।
देशको सीमा रक्षागर्न शिर उठाइ उठ ।।
देशरूपी डुङ्गा डुबे हामी सबै डुब्छौँ ।
हामी नेपाली अस्तित्वहीन हुन पुग्छौँ ।।
१
उड हे उठ नेपाली जुर्मुराई उठ ।
मात्रिभूमीको अस्मितालाई जोगाउन उठ ।
कुर्सी रोटी लुछाचुँडी गर्ने काम छोड ।
देशको रक्षा उन्नत गर्न छातीथाप्न मोड ।।
२
उठ हे उठ नेपाली जुर्मुराई उठ ।
तिरस्क्रित हुनबाट बच्नलाई उठ ।।
नेपालमा जन्मेपछि नेपाली भै बाँच ।
दरपुस्तालाई प्रकृतिका सबै श्रोत साँच ।।
३
उठ हे उठ नेपाली जुर्मुराई उठ ।
ढुङ्गा माटो पानी वन जोगाउन उठ ।।
हामी मिले देश जुट्छ हामी फुटे फुट्छ ।
बिदेशीकोर इशारामा चले देश फुट्छ ।।
४
उठ हे उठ नेपाली जुर्मुराई उठ ।
देशको सीमा रक्षागर्न शिर उठाइ उठ ।।





