धन कमाउन बेल्जियम जानेको चन्दा उठाएर अन्त्यष्टी !

normal_pawan[1]बेल्जियममा तिन वर्ष देखि काम गर्दै आएका पवन सार्कीको ह्रिदयघातबाट म्रित्यु भएछ । पोखरा बाझेपाटन निवासी उनका सपना के के हुँदा हुन् ? पत्नीलाई सुख दिने हुँदो हो केहि रकम कमाएर । सुखले बसौंला । भाई र बहिनीलाई राम्रो ठाउँमा पठाउँला । गतिलो ठाउँमा बिहे गराउँला । चिटिक्क परेको घर बनाउँला । मध्यमखालका आम नेपालीको के हुन्छ र सपना ? तर हेर्नुस त उनको शरिर बेल्जियममै ढल्यो । उनका सपना त के पुरा हुने । तर बिचरा उनको अन्तिम शरिर समेत देख्न नपाउने भए परिवारले । लास समेत नेपाल लैजान नसक्ने अवस्था भएछ । लास नेपाल लैजान १५ हजार यूरो लाग्ने रहेछ । त्यो १५ हजार यूरोपनि त्यहाँ जुट्न सकेनछ । धन कमाउन बिदेश हानिएका उनको लास नेपाल लैजानु त परै, बेल्जियममै अन्त्यष्टि गर्न पनि चन्दा संकलन गर्नुपर्ने अवस्था भएछ । अनि नेपाली दुतावासलेपनि हाईसञ्चो मानेर बसेको रहेछ ।

 बेल्जियमका साथीहरु भन्छन् – त्यहाँ करिब पाँच दर्जन नेपाली संघ संस्था छन् । तिनले बेल्जियम सरकारबाट रकम असुल्छन् नेपालीकालागि बिभिन्न काम गर्ने भनेर । परिपकारि, उपकारी, उद्दमशिल, सामाजिक जागरण, तालिम, गोष्ठी के के हो के के नाममा । जे जे नाममा मिल्छ त्यहि नाममा लिने । त्यसबाहेक हरेकजसो जनजातीका जातिय संगठन छन् । एमाले, कांग्रेस र माओवादी पार्टीको त त्यहाँ राजनितिक प्रतिस्पर्धानै चल्छ । नेपाली नेता यूरोप आए कि त्यहाँ राजनितिक जमघट नगरि फर्किन्नन् । दुख पाएका नेपालीलाई सहयोग गर्न भनेर खुलेका नेपाली संघ संस्थाको पनि हिसाबगरि साध्य छैन ।

 नेपाली दुतावास सानो पिजा हट उद्घाटन गर्नसम्म पुग्छ कामै अरु नपाएझैं । राजनितिक पार्टीका भात्रि संगठनहरुले त्यहाँका दुख पाएका नेपालीलाई खुबै सहयोग गरेको दाबी गर्छन् । भाषण त नेपालीले झन गर्ने नै भए । तर हेर्नुस त जति नेपाली भएपनि परेको बेलामा ? नेपालीको भलाई गर्ने भन्दै खुलेका संघ संस्थाले साँच्चै आवश्यक पर्दा गर्ने रहेछन् त ? आखिर एउटा नेपालीको लासपनि नेपाल पुर्‍याउन सकेनन् त्यहाँका तिन दर्जन नेपाली संघ संस्था, नेपाली दुतावास र राजनितिक पार्टीका भात्री संगठनले । पवन सार्कीको लास बेल्जियममै सड्ने भयो ।

 बेल्जियममा कम्तिमा सात हजार छन् नेपाली । त्यति धेरै संघ संस्था छन् । यस्ता घटनाले देखाउँछ कि जति नेपाली होउन तिनले भविष्य सोच्न सकेका रहेनछन् । साँच्चै नेपालीको हितकालागि काम गर्ने कुनै दल, कुनै संस्था र दुतावास समेत रहेनछ । यस्तो घटनामा कम्तिमा नसकेपनि पहलसम्म गरेकोपनि देखिएन । तुलनात्मक रुपमा अन्य थुप्रै यूरोपेली मूलुकमा भन्दा त्यहाँ काम गर्ने नेपालीको कमाईपनि सन्तोषजनक छ भनिन्छ । त्यति धेरै नेपालीहरु भएको ठाउँमा वा अन्य मूलुकमापनि नेपालीले आपतकालिन कोष, भैपरि आउने कोष आदि यस्तै खडा गर्नुपर्थ्यो । बेल्जियमका नेपालीकालागि त झन सजिलो हुनुपर्ने हो किन भने त्यहाँ नेपालीको संख्या धेरै छ । तरपनि यस्ता कुरामा नेपालीहरु त्यति धेरै सचेत भएको देखिन्न कुनैपनि मुलुकमा । यस्ता घटना जसलाइपनि पर्न सक्छ । कम्सेकम उनको परिवारलाई केहि सहयोग गर्न सकिन्छ कि भनेर ओष्टेन्डे नेपाली समाजले आर्थिक संकलन अभियान शुरु गर्न लागेको रहेछ । तपाईपनि सहयोग चाहनुहुन्छ भने तलको ईमेलमा सम्पर्क गर्नुहोला- [email protected]

तपाइँको प्रतिक्रिया