देश बेच्ने पार्टि रित रैछ (गजल)

सुमन बगाले, आबुँ खैरेनी, तनहुँ

 बोल्न जाने जिन्दावाद पार्टि गित रैछ

 पुग्न सके वालुवाटार गाठिँलो जित रैछ ।

 

लुछाचुँडी नेताहरुको हानथाप पद रोज्न

 देश बेची भुँडी भरेपनि पार्टि हित रैछ ।

 

भ्रष्टाचार र अपराध दिनहुँ जसो बढेका छन्

 नेता, प्रशासन, पुलीस त यिनकै मित रैछ ।

 

पुरे सिमा मेटाइदिए स्तम्भ नेपाली अस्तित्व

 देशै खाँदापनि नमेटिने कस्तो धित रैछ ।

 

बेचिदिए हिमनदि, दाइजो दिए टनकपुर

 सत्तैपिच्छे देश बेच्ने पार्टि रित रैछ ।।

तपाइँको प्रतिक्रिया