बिजुलीबाट चल्ने विमानको स्विजरल्याण्डमा पहिलो उड़ान

नेपालप्लस प्रतिनिधि,

स्विज़रल्याण्डको फ्रिबर्ग शहरमा बिजुलीबाट चल्ने विमानको पहिलो सफल उड़ान गरिएको छ ।

युरोपेली यूनियनको विमान सुरक्षा एजेंसीद्वारा आधिकारिक रुपमा स्वीकृति प्राप्त स्लोभानियाको पीपीस्ट्रेल कम्पनीले यो विमान बनाएको हो । यो परिक्षण स्विसको अल्पाइन एयरप्लेन्सको सहकार्यमा संपन्न भएको हो ।

हल्का खालका विमान चलाउन सिक्न चाहनेहरुलाई लक्षित गरेर बनाइएको यो सानो विमानको तौल १७२ किलो छ भने प्रतिघण्टा २०० किलोमीटरको गतिमा उड़ान भर्न सक्छ । एकपटक चार्ज पूरा गरेपछि ५० मिनेटसम्म टिक्छ भने १० मिनट आपतकालीन उडान गर्न सक्छ छ ।

वातावरणमैत्री बिजुली विमानको सफल परिक्षण पछि तेलको विकल्पको खोजीमा सफलता मिलेकोमा उड्डययन क्षेत्रका मानिसहरु खुखिशी छन् ।

तपाइँको प्रतिक्रिया