तप्पतप्प पोखिएँ म !
–विद्या सापकोटा
तिमी हरायौ त्यो गुनगुनमा
बिपनाको खेतिमा निस्कीएँ म !
तिमी भिज्यौ, मात्र मनसुनमा
आँफैलाई रित्यायर पोखिएँ म !
सुदुरमा बाँकी रक्तिम किरण
गोधुलिको घुम्टोमा छोपीएँ म !
बिलायौ तिमी जूनसँगै
प्रतिक्षामा शितसरि तप्पतप्प पोखिएँ म !
श्रीजनामा जुट्यौ तिमी
मदहोश अनौठो मुटु सिच्दै चोपिएँ म !
सुन्दै थियौ प्रीतका सम्मोही धुन
हाँस्यो हिमाल, झरनासँगै चोखीएँ म !
प्रतिक्षामा शित सरि तप्पतप्प पोखिएँ म !
कल्याणपुर –७, नुवाकोट
हालः शंकरदेव क्याम्पस, काठमाडौं
(‘तिमीमा हराएँ’ शिर्षकको कवितामापाठक प्रतिक्रियाका रुपमा प्राप्त भएको थियो यो रचना-नेपालप्लस) ।





