कोरोना भाइरस महामारी लामो समयसम्म रहने

विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसको महामारी लामो समयसम्म रहने चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनको आपतकालिन समितिले यस्तो चेतावनी दिएको हो । उसका अनुसार विश्वभरिका सरकार र नागरिकले यसका बिरुद्द सचेतना अपनाउनुपर्ने र आर्थिक अवस्थालाई सुधार गर्नुपर्ने छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसकै कारण केहि देशको आर्थिक अवस्था थिलो थिलो पर्न सक्ने चेतावनीसमेत दिएको छ । शुक्रबार बसेको विश्व स्वास्थ्य संगठनको बैठकले यसको मूल्य अति उच्च हुनसक्ने जनाएको छ । विश्वभरिका देशहरुलाई उसले आफ्नो आर्थिक अवस्था सुधार्न अझ धेरै सजग रहन सुझाव दिएको छ ।

कोरोना भाईरसको महामारीबाट तत्कालै छुट्कारा पाउन कठिन स्थिति देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना भाईरसको दिर्घकालिन उपचारका रुपमा खोपको चर्चा भएपनि विश्वसनिय वातावरण र सप्रमाण हालसम्म कसैले दाबि गर्न नसकेकोपनि उसले जनाएको छ ।

तपाइँको प्रतिक्रिया