लेबनानमा भयंकर विस्फोट: २७ मारिए, २५ सय घाईते

लेबनाननको राजधानी बेरुतमा भयंकर विस्फोट भएको छ । यो बिस्फोटमा परेर कम्तिमा २५ जना मारिएका छन् । २५ सय घाईते छन् ।

के कारणले बिस्फोट भएको हो भन्ने यकिन छैन । भिडियोमा देखिए अनुसार च्याउको डल्लो जस्ता धुवँका लप्का राजधानीभरि देखिएका छन् । घाइतेहरुलाई अत्यधिक मात्रामा रगत चाहिएपछि बेरुतका अस्पत्तालले निशुल्क रगत दान दिन आव्हान गरेको छ, रक्तदातालाइ । रगतको अभावमा बिरामी वा घाइतेहरु बचाउन नसकिने भन्दै बेरुतको अस्पत्तालले रगत दान गर्न आव्हान गरेको हो ।

दुई ठूला विष्फोटहरूले बेरूतलाई बिहानै देखि हल्लाएको छ । ​​कम्तिमा २५ जना मारिएका छन् । हजारौं घाइते भए र शहरभरि ठूलो विस्फोटको लहरले जनजिवन त्रस्त छ । यो बिस्फोटनले शहरका झ्यालहरू चकनाचूर पारेको छ । बिस्फोटनले ढोका ढकढकाएझैं भएको थियो। भवनहरू हल्लाएको त्यहाँबाट अन्तर् राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । लेबनानको राजधानी बन्दरगाहमा विस्फोटन हुँदा सयौं घरका मानिसहरू बसोबास गर्न छोडेका छन् । ति कहाँ गए कसैलाई यकिन छैन ।

लेबनानका स्वास्थ्यमन्त्रीले भनेका छन् ‘हजारौं व्यक्तिले नजिकका अस्पतालहरूमा उपचार खोजेका थिए जसले दुर्घटनाको सामना गर्न संघर्ष गरिरहेका थिए । कारहरू वरपरको राजमार्गमा त्यत्तिकै फालिएको छ । विस्फोट देशको उत्तरमा ५० माईल टाढा सम्म सुनिएको थियो ।

तपाइँको प्रतिक्रिया