“मुख छोपिन्न, भ्याक्सिन लाइन्न” भन्दै जर्मनीमा लाखौंको प्रदर्शन

कोरोना भाईरसको प्रकोप फेरि बढ्न थालेपछि जर्मनीको सरकारले मास्क र भ्याक्सिन लगाउन ल्याएको नितिबिरुद्द जर्मनीमा लाखौंले प्रदर्शन गरेका छन् । उनीहरुले ‘मास्कले मुख छोप्दैनौं, भ्याक्सिन लाउँदैनौं’ भन्दै जर्मनीको बर्लिन शहरमा शनिवार प्रदर्शन गरेका हुन् ।

फ्रान्स २४ न्युजका अनुसार बर्लिनको शहरमा लगभग ५० हजार प्रदर्शनकारिहरु थिए । उनीहरुले “हामीलाई स्वतन्त्रत दिन चाहिन्छ” भन्दै चर्को नारा लगाएका थिए ।

पछिल्ला दिनहरुमा कोरोना भाईरसको प्रकोप ब्रिद्दि भएसँगै जर्मनीका राजनितिज्ञ, प्रशासनिक क्षेत्रका ब्यक्ति र सुरक्षा निकाय चिन्तित छन् । नागरिक तहबाट यो बिरोध र प्रदर्शनलाई उनीहरुले गैह्रजिम्मेवार बताएका छन् ।

“हामीनै हौं दोस्रो तरंग” प्रदर्शनकारीहरुले नारा लगाएका थिए । सरकारबिरोधी नारा लगाउनेहरु ब्राडेनवर्ग गेटसम्म पुगेका थिए । प्रदर्शनमा वाम र अतिवादी, कट्टरपन्थीहरुको सामुहिक संलग्नता थियो । केहिले नाजिबादी अतिवादीहरुसमेत संलग्न रहेको आरोप लगाएका छन् । कोरोना भाईरस महामारीलाई ‘सबैभन्दा ठूलो षडयन्त्रको सिद्दान्त’ बनाएको आरोप लगाएका छन् ।

एएफपीका एक पत्रकारका अनुसार प्रदर्शनकारीहरुले मास्क लगाएका थिए । प्रदर्शनका संलग्न मध्ये धेरैले सरकारले तोकेको डेढ मिटरको दूरीपनि कायम गरेका थिए । प्रहरीले प्रदर्शनकारीलाई सरकारी निर्देशनको डेढ मिटर सामाजिक दूरी कायम गर्न र मास्क लगाउन मायकबाट आव्हान गरिरहेको थियो ।

धेरै चेतावनी पछि, बर्लिन प्रहरीले प्रदर्शनकर्ताहरुलाई अपरान्हमा प्रदर्शन क्षेत्र छोड्न आदेश दिएको थियो । प्रदर्शनकारीहरुले भाइरस बिरुद्दको सरकारी नियमको सम्मान नगरेको कारण आयोजकहरु विरुद्ध कानूनी कारवाही शुरु गरेको फ्रान्स न्युज २४ ले उल्लेख गरेको छ ।

यो प्रदर्शनीका बिरुद्द प्रदर्शन गर्नेहरुपनि थिए । उनीहरुले ‘नाजी प्रदर्शन’ भन्दै अतिबादी भएको आरोप लगाएका छन् ।

प्रदर्शनमा लगाइएको “स्वतन्त्रता दिवस” नाराले हिटलरको नेशनल सोशलिस्ट जर्मन वर्कर्स पार्टीले गरेको पार्टी सम्मेलनमा नाजी युगका फिल्म निर्माता लेनी रिफेन्स्टलको सन् १९३५ को वृत्तचित्रको शीर्षकलाई प्रतिध्वनित गरेको थियो ।

धेरै राजनीतिज्ञहरूले यस प्रदर्शनको निन्दा गरेका छन् । किनभने जर्मनीले भाइरसको संक्रमण घटाउन खोजेको छ जसमा शनिबारसम्म नौ हजार भन्दा बढिको मृत्यु भएको बताइएको छ ।

एन्जेला मार्केलको सरकारमा कनिष्ठ गठबन्धनको सहयोगी, सामाजिक डेमोक्र्याट्सका सस्कीया एस्केनले प्रदर्शनकारीहरूलाई “कोविडियोट्स” भनेर आलोचना गरेका छन् ।

एक ट्वीटमा एस्केनले भने “कुनै दूरी छैन, कुनै मास्क छैन । यसले हाम्रो स्वास्थ्यलाई मात्रै जोखिममा पार्दै छैन कि महामारीको साथै आर्थिक सुधार, शिक्षा र समाज बिरूद्ध हाम्रो सफलतालाई पनि जोखिममा पारेको छ । यो प्रदर्शन गैरजिम्मेवारपूर्ण छ !”

स्वास्थ्य मन्त्री जेन्स स्पाहनपनि उनीसित सहमत भएका छन् । “हो, कोरोनाभाइरसको समयमा पनि प्रदर्शनहरू सम्भव हुनुपर्दछ, तर यस्तो होइन । सामाजिक दूरी, सरसफाइका नियम र मास्कले हामी सबैलाई रक्षा गर्दछ । त्यसैले हामी एकअर्कालाई आदरपूर्वक व्यवहार गर्छौं ।”

पूर्वी राज्य ब्रान्डनबर्गमा मर्केलको क्रिश्चियन डेमोक्र्याटका क्षेत्रीय प्रमुख जान रेडम्यानले पनि प्रदर्शनकारीको आलोचना गरेका छन् । उनले भने न्युज २४ सित भनेका छन् “हजारौं नयाँ संक्रमण बढिरहेको छ । बर्लिनमा एन्टि भाइरस उपायहरूको विरोधमा प्रदर्शन ? हामीले यस्ता गलत कामहरुलाई सहन सक्दैनौं ।”

त्यहाँका ग्रिह मन्त्री होस्ट सिहोफरले कोरोना भाईरस रोकथाम प्रयासका बिरुद्दको यो प्रदर्शनीमा आम नागरिकको समर्थन नरहेको र अधिकांश जर्मन नागरिकको आवाज नभएको बताएका छन् ।

(फोटो- रोयटर, फँस न्युज २४)

तपाइँको प्रतिक्रिया