कोरोना बढेसँगै अमेरिकाका अस्पतालमा आपतकालीन कोठाहरू भरिभराउ

कोरोना भाइरसका घटनाहरूको तिब्र गतिमा बढ्दो वृद्धिले संयुक्त राज्यको केही भागका अस्पतालमा आपतकालीन कोठाहरू भरिएका छन् । केही बिरामीहरू हलवे, कोरिडोरहरुमासमेत बसेका छन् । कोरोनाका विरामी बढेकाले नर्सहरूले अतिरिक्त समय काम गर्नुपरेको छ । शल्यक्रिया गर्नुपर्ने विरामीलाई सयम दिनुपर्ने भएकाले थुप्रै नर्सहरुले समय बढाएर शल्यक्रियाकालागि खटिरहेका छन् । शल्यक्रिया गर्नुपर्ने केहि विरामीको मिति सारिएको छ ।

गम्भीर हेरचाह गर्ने इकाइहरू भरिएकाले सास फेर्न संघर्ष गरिरहेका बिरामीहरूलाई आपतकालिन वार्डमा भ्यान्टिलेटरमा राखिएको छ । उनीहरूलाई चाहिने नजिकको हेरचाह गर्ने स्वास्थ्यकर्मीहरुले छातीमा दुखाइ, संक्रमण र फ्र्याक्चर जस्ता सामान्य ईआरको उपचार गरिरहेका छन् । त्यसले गर्दा गम्भिर हेरचाह आवस्यक परेका बिरामीलाईपनि उचित हेरचाहमा बाधा परिरहेको छ ।

टेक्सासको बेलोर मेडिकल कलेजका डा आलिसन हाड्डोकका अनुसार हालको अवस्था सन् २०१७ मा होस्टनलाई आँधीले ध्वस्त बनाएको भन्दा खराब छ । राज्यले शुक्रबार भाइरसको मृत्युको नयाँ दैनिक रेकर्ड रिपोर्ट गरेको छ । लगातार चौथो दिनपनि १० हजार भन्दा बढिमा कोरोना पुष्टि भएको छ ।

“मैले अहिलेको कोभिड शृखला जस्तो पहिले देखेको थिइनँ । हामीले सकेसम्म राम्रो गरिरहेका छौं । तर हामी आईसीयू होइनौं ” सन् २००७ देखि आपतकालीन कोठामा काम गरिसकेका हेडोकले भने “बिरामीहरू भर्ना हुनको लागि “घण्टौं घण्टा” कुर्दै छन् । सबैभन्दा सामान्य खालका बिरामीहरू सबैभन्दा गम्भीर बिरामीको लागि ठाउँ बनाउन हलको खाटमा पल्टिरहेका छन् ।”

नर्स माइक हेस्टिंग्सका अनुसार कोरोना भाईरसकोलागि पहिलो अति प्रभावित ठाउँ (हट स्पट) भनेर चिनिएको सियाटल वरपर कोभिडको कारणले बिरामीहरूको नयाँ छाल आपतकालीन विभागहरूमा देखापर्दै छ ।

“मलाइ किन दिक्क लाग्छ भने जब कुनै बिरामी आपतकालिन विभागमा आउँछ र वास्तवमा कोभिडको लक्षणहरू नभएपनि उनीहरुलाई लाग्छ कि उनीहरुलाई परीक्षणको खाँचो छ त्योबेला हामीले स्विकार्न सक्दैनौं” सियाटल एरिया अस्पतालमा काम गर्ने आपकालिन सेवाका प्रमुख हेस्टिंग्सले भने “कहिलेकाँही हामी त्यस्ता विरामीलाई परीक्षण गर्न सक्षम छैनौं किनभने हामीसँग पर्याप्त टेस्ट आपूर्ति छैन । त्यसैले हामी केवल बिरामीहरूको केही सेट मात्र परीक्षण गरिरहेका छौं ।”

(नेपाल प्लस डटकमका साथमा फँस २४, द न्युयोर्क टाईम्स)

तपाइँको प्रतिक्रिया