अमेरिकाद्वारा विकसित कोरोना खोप अन्तिम चरणमा ?

अमेरिकाको बायोटेक फर्म मोडर्नाले विकसित गरेको कोरोना भाईरस बिरुद्दको खोप अन्तिम चरणको परिक्षणमा प्रवेश गरेको छ । मंगलबार जुलाई २७ तारिखमा मानव कोभिड १९ खोपको लागि मानव परीक्षणको अन्तिम चरणमा प्रवेश गर्ने बताइएको छ । यसले विश्वका मानिसहरूलाई कति प्रभावकारिरुपमा रक्षा गर्छ भनेर जाँच गरिने छ ।

यो खोपले रोगबिरुद्द शरिरले लड्न सक्ने तत्वहरु कति विकास गर्छ, कोरोना भाईरसलाई कुन तहसम्म निस्क्रिय पार्न सक्छ भनेर गरिएको अघिल्लो अध्ययनलाइ थप प्रमाण पेश गर्ने । यसको प्रभावकारिताका लागि अमेरिकामा तिन खाले परिक्षण हुनेछन् । यो ३० हजार ब्यक्तिमा परिक्षण गरिने छ । ति मध्ये १५ हजारले सय माईक्रोग्रामको मात्रा लिने छन् । बाँकीले १५ हजारले बिभिन्न खाले ट्याब्लेट र अन्य सुई लिने छन् ।

त्यसपछि दुई वर्षसम्म परिक्षण गरिएका ब्यक्तिहरु कोरोना भाईरसबाट सुरक्षित रहे नरहेको वा कोरोना भाईरसबाट बच्न सकेनसकेको अनुगमन गरिने छ ।ति सक्रमित भए कि भएनन् र भाईरस लागेपछि त्यो भाईरस फैलिन सक्यो कि सकेन वा सुसुप्त अवस्थामा बस्यो कि भनेर समेत अनुसन्धान गरिने छ यो अध्ययनको पूर्ण नतिजा सन् २०२२ को अक्टोबर महिनासम्म बाहिर ल्याइने दाबी गरिएपनि प्रारम्भिक परिणाम भने त्यो भन्दा निकै अगाडि ल्याइसक्ने योजना रहेको फँस २४ न्युजलजनाएको छ ।

न्यु ईङल्याण्ड जर्नल अफ मेडिसिनमा मोदेर्न भ्याक्सिनले मानव शरिरमा कोरोना बिरुद्द लड्ने रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै खोजपूर्ण रिपोर्ट गरेपछि हाल यो तथ्य बाहिर आएको हो । ४५ जनामा परिक्षण गरेपछि मोडेर्नले कोरोना प्रतिरोधी क्षमता बिकास गरेको दाबी जर्नलमा गरिएको थियो ।

तपाइँको प्रतिक्रिया